"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘डेमोक्रेसी’मा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने देश छैन : महामन्त्री गगन

प्रकाशित मिति :  1 July, 2023 5:05 pm


काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन्। एउटै व्यक्ति ५-६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादीजस्ता पुराना पार्टी एकैसाथ संकटमा पर्न लागेको भन्दै उनले आफूले व्यक्ति मात्रै नभई पार्टी नै बदल्ने कुरा गरेको बताए।

नेपाली कांग्रेस दोलखा–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले ‘डेमोक्रेसी’मा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको बताए।

उनले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताए। दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाइ थियो। महामन्त्री थापाले कांग्रेस बदलिए मात्रै देश बदलिने भएकाले कांग्रेस बदल्ने अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे।

‘संसारमा एउटा त्यस्तो देश मलाई बताई दिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको देश छ,’ उनले भने, ‘कहीँ हुँदैन। कुनै डेमोक्रेसीमा हुँदैन। नेपालमा आज किन पुरानो पार्टी संकटमा छन, थाहा छ? काँग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुप्रै कारण मध्येको मूल कारण भनेको ती पार्टीको नेताहरू खासगरी पार्टीहरु जमेको पोखरीजस्तो भएर हो।’

मुलुकमा सुधार हुनका लागि बांग्रेस बदलिन जरुरी रहेको महामन्त्री थापाको भनाइ थियो। ‘कांग्रेस बदलियो भने बदलिएको कांग्रेसले देश बदल्छ,’ उनले भने, ‘कांग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ। म बदलिन तयार छु। म बदलिन तयार छ भनेको मैले पटकपटक भनेको छु–दाग लागेको काँग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ। त्यो बदलिन म तयार हो। सबै तयार हुनुपर्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा