"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचारविरुद्धका अनुसन्धान रोकिन्न, अझ तीब्र बनाउँछौँ : प्रधानमन्त्री

प्रकाशित मिति :  1 July, 2023 5:25 pm


पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धका अनुसन्धान नरोकिने र यसलाई अझ तीब्र गतिले अघि बढाउने बताएका छन्। प्रेस सेन्टर गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले यस्तो बताएका हुन्।

भ्रष्टाचार देशका लागि विकराल समस्या बन्दै गएको भन्दै प्रचण्डले ललितानिवास प्रकरण होस् वा नक्कली भुटानी शरणार्थी प्रकरण, अनुसन्धान नरोकिने दाबी गरे। प्रहरीले अनुसन्धान गरिरहेको र त्यसका लागि सरकारले आवश्यक निर्देशित गरिरहेको उल्लेख गरे। आफूले राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको प्रधानमन्त्रीको भनाइ छ।

फरक प्रसंगमा उनले केही साताअघि सम्पन्न भारत भ्रमणका क्रममा पारवाहन सन्धि पुनरावलोकन, १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेगरी गरिएको विद्युत व्यापार सम्झौतालगायतका विषय सामान्य नरहेको भन्दै यसले देशमा लगानीको ढोका खोलेको र विद्युत व्यापारसमेत बढ्ने जिकिर गरे।

सीमा समस्या हल गर्ने विषयमा स्वयं भारतीय प्रधानमन्त्री मोदीले बोल्नु ठूलो कुरा रहेको उल्लेख गर्दै प्रचण्डले भ्रमणका क्रममा नेपालको हितमा अन्य महत्वपूर्ण समझदारी भएका दाबी गरे। अवको केही समयमा चीन भ्रमण जाने तयारी गरिएको र त्यहाँ पनि देश र जनताको हितका विषयमा कुरा गरिने प्रधानमन्त्रीको भनाई थियो।

हाल सरकार तत्काल ढल्छ जसरी कुराहरु गरिएको भन्दै प्रधानमन्त्रीले वर्तमान सरकार र गठबन्धन कुनै पनि हालतमा नढल्ने दोहोर्याए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय