"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता गठबन्धनले कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने

प्रकाशित मिति :  3 July, 2023 7:09 pm


काठमाडौँ । सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने  भएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा थापालाई मुख्यमन्त्री उम्मेदवार बनाउने समझदारी भएको हो। 

‘कोशीको मुख्यमन्त्रीमा गठबन्धनका तर्फबाट कांग्रेसको प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने सल्लाह हामीले दिएका छौं,’ बैठकमा सहभागी एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भने। 

नेकपा (एमाले) का हिक्मत कार्की नेतृत्वको सरकार विश्वासको मत पाउन नसकेपछि ढलेको थियो। त्यसपछि को मुख्यमन्त्री बन्ने भन्नेमा सत्ता गठबन्धनका दलहरूबीच प्रदेशमा कुरा मिल्न नसकेपछि माओवादी केन्द्र र कांग्रेसका नेताहरू काठमाडौं आएका थिए। 

कोशीको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि दाबी गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा