"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता गठबन्धनले कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने

प्रकाशित मिति :  3 July, 2023 7:09 pm


काठमाडौँ । सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने  भएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा थापालाई मुख्यमन्त्री उम्मेदवार बनाउने समझदारी भएको हो। 

‘कोशीको मुख्यमन्त्रीमा गठबन्धनका तर्फबाट कांग्रेसको प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने सल्लाह हामीले दिएका छौं,’ बैठकमा सहभागी एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भने। 

नेकपा (एमाले) का हिक्मत कार्की नेतृत्वको सरकार विश्वासको मत पाउन नसकेपछि ढलेको थियो। त्यसपछि को मुख्यमन्त्री बन्ने भन्नेमा सत्ता गठबन्धनका दलहरूबीच प्रदेशमा कुरा मिल्न नसकेपछि माओवादी केन्द्र र कांग्रेसका नेताहरू काठमाडौं आएका थिए। 

कोशीको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि दाबी गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै