"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बाढी पहिरोपीडितको उद्धार र सहयोगका लागि तयार रहन ओलीले दिए निर्देशन

प्रकाशित मिति :  5 July, 2023 12:01 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरोबाट पीडितहरूको उद्धार र राहतका लागि आवश्यक स्रोत साधन परिचालन गर्न आग्रह गरेका छन्। भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएकोप्रति ओलीले सरकारको ध्यानाकर्षण गराएका हुन्।

पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुने र यात्रुहरू प्रभावित हुने क्रम बढेकाले यसप्रति सतर्कता अपनाउन, राजमार्गहरूमा ट्राफिक नियमको पालना गर्न उनले सर्वसाधारणमा अनुरोध गरेका छन्।

‘भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएका खबरहरू आइरहेका छन्। पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुने र यात्रुहरू प्रभावित हुने क्रम बढ्दै छ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरूमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु।’

उनले पार्टीको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्वजानकारी गराउन र आवश्यक उद्धार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिएका छन्।

‘बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरूलाई यथोचित परिचालन गरोस् भन्ने ध्यानाकर्षण गराउँछु,’ उनले भनेका छन्।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै