"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बाढी पहिरोपीडितको उद्धार र सहयोगका लागि तयार रहन ओलीले दिए निर्देशन

प्रकाशित मिति :  5 July, 2023 12:01 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरोबाट पीडितहरूको उद्धार र राहतका लागि आवश्यक स्रोत साधन परिचालन गर्न आग्रह गरेका छन्। भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएकोप्रति ओलीले सरकारको ध्यानाकर्षण गराएका हुन्।

पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुने र यात्रुहरू प्रभावित हुने क्रम बढेकाले यसप्रति सतर्कता अपनाउन, राजमार्गहरूमा ट्राफिक नियमको पालना गर्न उनले सर्वसाधारणमा अनुरोध गरेका छन्।

‘भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएका खबरहरू आइरहेका छन्। पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुने र यात्रुहरू प्रभावित हुने क्रम बढ्दै छ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरूमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु।’

उनले पार्टीको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्वजानकारी गराउन र आवश्यक उद्धार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिएका छन्।

‘बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरूलाई यथोचित परिचालन गरोस् भन्ने ध्यानाकर्षण गराउँछु,’ उनले भनेका छन्।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा