"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीको अभिव्यक्तिमा स्पष्टीकरण खोज्दै प्रमुख प्रतिपक्षी दल एमाले

प्रकाशित मिति :  5 July, 2023 12:20 pm


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै दिएको एक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।  सोमबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक भारत गएको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्ति देशको सार्वभौमिकताविरूद्ध भएको र यसले संसदको मानमर्दन गरेको भन्दै यसबारे विरोध जनाउन एमालेले संसदीय दलको बैठक बोलाएको हो। संसदीय दलको बैठक १ः३० बजे संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

एमालेका सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको अभिव्यक्तिको सडक र संसदमा पनि विरोध गर्ने बताए। ‘प्रधानमन्त्रीको अभिव्यक्ति घातक छ। प्रधानमन्त्रीको अभिव्यक्तिले सार्वभौमसत्ता सम्पन्न संसद्को मानमर्दन गरेको छ। नागरिकको मतको हुर्मत लिएको छ,’ बर्तौलाले भने, ‘यसको हामी संसदबाट विरोध जनाउँछौं। दलको बैठक बसेर पनि विरोध जनाउँछौं।’

प्रधानमन्त्री प्रचण्डले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने पनि बर्ताौलाले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई