"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीको अभिव्यक्तिमा स्पष्टीकरण खोज्दै प्रमुख प्रतिपक्षी दल एमाले

प्रकाशित मिति :  5 July, 2023 12:20 pm


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै दिएको एक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।  सोमबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक भारत गएको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्ति देशको सार्वभौमिकताविरूद्ध भएको र यसले संसदको मानमर्दन गरेको भन्दै यसबारे विरोध जनाउन एमालेले संसदीय दलको बैठक बोलाएको हो। संसदीय दलको बैठक १ः३० बजे संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

एमालेका सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको अभिव्यक्तिको सडक र संसदमा पनि विरोध गर्ने बताए। ‘प्रधानमन्त्रीको अभिव्यक्ति घातक छ। प्रधानमन्त्रीको अभिव्यक्तिले सार्वभौमसत्ता सम्पन्न संसद्को मानमर्दन गरेको छ। नागरिकको मतको हुर्मत लिएको छ,’ बर्तौलाले भने, ‘यसको हामी संसदबाट विरोध जनाउँछौं। दलको बैठक बसेर पनि विरोध जनाउँछौं।’

प्रधानमन्त्री प्रचण्डले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने पनि बर्ताौलाले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय