"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्षमा सत्ता गठबन्धन

प्रकाशित मिति :  6 July, 2023 1:09 pm


काठमाडौँ । सत्ता गठबन्धन दलहरूबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा नदिने सहमति भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताबीच बिहीबार बिहान भएको छलफलमा यस्तो सहमति जुटेको हो।

बैठकमा प्रधानमन्त्री प्रचण्डले केही दिनअघि दिएको विवादित अभिव्यक्तिबारे छलफल भएको छ। बैठकपछि नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यताविपरीत भएको बताए। बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको उनले जानकारी दिए।

‘बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्रीले संसद्‍मा उठेका प्रश्नको जवाफ दिनुहुन्छ। तर अहिलेकै अवस्थामा राजीनामा दिनु नपर्ने बैठकमा सहमति भएको छ,’ उनले भने। बैठकमा मिटर ब्याजसम्बन्धी विधेयकबारे पनि छलफल भएको उनले जानकारी दिए।

विपक्षी एमालेले प्रधानमन्त्रीको राजीनामा माग्ने नाममा उक्त विधेयक पास गर्न नदिएको पनि आरोप लगाए। ‘एमाले हिजो पनि मिटरब्याजपीडितहरूका पक्षमा थिएन र आज पनि छैन भन्ने तथ्य अहिलेको संसद अवरोधले देखाएको छ,’ उनले भने। मिटरब्याजसम्बन्धी विधेयक संसदबाट चाँडै पारित गरी कार्यान्वयन गर्ने पनि उनले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १,०४,७७,९४३ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी