"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न दिँदैनौं : उपनेता सुवास नेम्वाङ

प्रकाशित मिति :  6 July, 2023 1:22 pm


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा नदिएसम्म सदन चल्न नदिने बताएका छन्। प्रधानमन्त्रीले देशको सार्वभौमसत्ता र संविधानमाथि ठाडो प्रहार गर्ने अभिव्यक्ति दिएकाले उनले सो पदबाट तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने नेम्वाङको भनाइ छ।

‘नेपालको प्रधानमन्त्री बन्न अन्य कुनै देश धाउनुपर्छ भनेर प्रधानमन्त्रीले जुन खालको अभिव्यक्ति दिनु भो यो निराशाजनकमात्रै होइन अक्षम्य छ ।  उनले भने, ‘जनताले निर्वाचित गरेको व्यक्ति संसद्‍बाट चुनिएर प्रधानमन्त्री बन्ने हाम्रो संवैधानिक व्यवस्थामाथि नै उहाँ (प्रचण्ड)को अभिव्यक्तिले प्रहार गरेको छ। तसर्थ तत्काल उहाँले पदबाट राजीनामा दिनुपर्छ।’

गठबन्धन सरकार बनेदेखि नै जनअपेक्षाभन्दा अन्यत्रै ध्यान दिएर काम गरिरहेका प्रधानमन्त्रीको कार्यशैलीप्रति एमालेले पटक पटक आवाज उठाउँदै आए पनि यसअघि प्रधानमन्त्रीको राजीनामा नमागेको उनले बताए। ‘यसअघि पनि प्रधानमन्त्रीले जनताको अपेक्षाअनुसार काम गर्न नसक्नु भएकै हो। त्यसमा हामीले प्रधानमन्त्रीको राजीनामा मागेका थिएनौं। तर अहिले राष्ट्रियता र सार्वभौमसत्तामाथि नै उहाँले प्रहार गर्नुभयो यसमा एमाले सहेर बस्दैन।’

एमालेले मात्रै नभएर देश र जनताले नै अहिले प्रधानमन्त्रीको राजीनामा मागिरहेको उनले जिकिर गरे। बुधबार प्रतिनिधिसभा बैठक बस्नुअघि बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद्‍मा अवरोध कायम राख्न सांसदहरूलाई निर्देशन दिएको पनि उनले जनाए।

‘जबसम्म प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न तबसम्म संसद्‍मा अवरोध कायम राख्ने हाम्रो दल बैठकको निर्णय छ,’ उनले भने, ‘अहिलेको अभिव्यक्तिप्रति माफी माग्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो र यो नै सही बाटो हो।’ बुधबार (हिजो) बसेको प्रतिनिधिसभा बैठक एमालेसहित विपक्षी दलको अवरोधका कारण शुक्रबार (भोलि) बस्ने तयारी छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा