"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता पक्षको अहंकार एमालेले चुनौतीका रुपमा स्वीकार गर्ने ओलीको चेतावनी

प्रकाशित मिति :  7 July, 2023 5:11 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षको चुनौती स्वीकार गर्ने बताएका छन् । गत सोमबार एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ । सत्ता गठबन्धनले भने राजीनामा माग्ने एमालेको कदम नै असंवैधानिक भएको ठहर गरेको छ र, संसद फेस गर्ने निर्णय गरेको छ ।

शुक्रबार स्ववियू काउन्सिलको बैठकमा एमाले अध्यक्ष ओलीले सत्ता पक्षले वार्ता सम्वाद गर्नुको साटो संसदमा सामना गर्छौं भनेको बताए । ‘हिजो बिहान गठबन्धनको बैठक बस्यो र उनीहरूले मसल देखाएर आह्वान गरे पार्लियामेन्टमै भेटौंला आऊ’ उनले भने, ‘अब प्रतिपक्षले त के गर्ने ? भेटौंला भनेपछि ठीक छ ।’

उनले अगाडि थपे, ‘प्रतिपक्षको तर्फबाट म मसिनो स्वरमा नम्रताका साथ भन्न चाहन्छु, पार्लियामेन्टमा मात्र होइन, जहाँ भन्छ त्यहाँ हामी तयार छौं । स्पट तोकेर बोलाए हुन्छ ।’

हालै स्ववियू चुनावमा उनीहरूको गठबन्धनलाई उत्तानो पारेको मात्र होइन, तीन पल्ट ड्याप, ड्याप, ड्याप ठोकेको भन्दै ओलीले फेरि पनि चुनौती स्वीकार गर्ने बताए ।

सरकारले उन्मादको भाषा बोलेको र अहंकारी व्यवहार देखाएको उनको आरोप छ । ‘सरकार संविधान विपरीतको व्यवहार गर्न चाहन्छ, धम्कीको भाषामा देशलाई लतारेर मानसिक दासतामा दबोच्न चाहन्छ’ ओलीले भने, ‘यो स्वाभिमानी देश तयार छैन ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै