"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस संसदीय दलको नेता बदल्ने पक्षमा गगन थापा

प्रकाशित मिति :  8 July, 2023 1:41 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी संसदीय दलको नेता बदल्ने बेला आएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएकाले कांग्रेस संसदीय दलको नेता बदल्नु पहिलो प्रथमिकता भएको उनको तर्क छ।

यसअघि दलको नेतामा पराजित उनले दलको नेता बदल्न आफू लाग्ने र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउन संघर्ष गर्ने उल्लेख गरे। नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्ने जनतालाई पहिला नै थाहा हुने भइसकेको भन्दै पूर्वप्रधानमन्त्रीहरू अब प्रधानमन्त्री बन्न नहुनेमा उनले जोड दिए।

संसदीय दलको नेता बदल्ने कुरामा आफू नथाकेको बताउँदै उनले संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने कुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा आफू लागिपर्ने स्पष्ट पारे। ‘नेपालमा योपछि अर्को प्रधानमन्त्री को बन्दैछ भन्ने कुरा एउटा मानिसले सहजै पत्ता लगाउन सक्छ किनभने यो पार्टीबाट को बन्दैछ भन्ने कुरा पहिल्यै थाहा हुन्छ,’ उनले भने, ‘कांग्रेस संसदीय दलको नता बदल्ने कुरामा म लाग्छु। सके आफू बन्छु, नसके अर्कोलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा म छु। म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने देशको अहिलेको आवश्यकता हो।’

महामन्त्री थापाले कांग्रेसले मिसन २०८४ नभई २०८० र २०८१ को सुरु गर्न जरुरी रहेको बताए। सबै पार्टीहरू मिसन २०८४ मा लागेकाले कांग्रेसले यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न लाग्नुपर्ने बताए। भुतपूर्व प्रधानन्त्रीहरूको क्लबबाट प्रधानमन्त्री बन्ने परिपाटी बलल्ने बेला आएको पनि उनले जनाए।

‘एमाले, माओवादीमा पनि दलको नेता बदल्ने बेला आएको छ। दलको नेता उनीहरूले कसरी बदल्छन् थाहा छैन। तर कांग्रेसमा दलको नेता बदल्न जरुरी छ,’ उनले भने।

यसअघि पनि उनले कांग्रेस संसदीय दलको नेता बन्ने प्रयास गरे पनि केही सांसदहरूको चित्त बुझाउन नसक्दा आफू पराजित भएको भन्दै उनले आफू उक्त प्रयास गर्न अझै नथाकेको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै