"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समाजवादी केन्द्रको पहिलो बैठक बस्दै

प्रकाशित मिति :  8 July, 2023 1:44 pm


काठमाडौँ । चार दल आबद्ध समाजवादी केन्द्रको पहिलो बैठक शनिबार बोलाइएको छ। बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बस्नेछ।

बैठकमा केन्द्रको संयोजक को बन्ने भन्ने विषयमा छलफल हुने कार्यसूची छ। माओवादी केन्द्र निकटका नेताहरू केन्द्रको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ बन्ने सम्भावना रहेको बताउँछन्। उनीहरूका अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि केन्द्रको संयोजक बन्ने चाहना राखेका छन्।

४ असारमा समाजवादी घोषित केन्द्रमा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा छन्। केन्द्रको प्रमुख कार्यक्रम ‘नेपाली समाजवादको आधार तयार पार्ने’ बताइएको छ। सत्ताधारी गठबन्धनमा रहेका तीन दल र संसदीय प्रणाली नमान्ने भनेर बाहिर निस्किएको नेकपा कम्युनिस्ट पार्टी नेकपा मिलेर समाजवादी केन्द्र घोषणा भएको हो।

प्रतिनिधिसभामा समाजवादी केन्द्रका ५४ सांसद हुनेछन्। जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता