"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समाजवादी केन्द्रको पहिलो बैठक बस्दै

प्रकाशित मिति :  8 July, 2023 1:44 pm


काठमाडौँ । चार दल आबद्ध समाजवादी केन्द्रको पहिलो बैठक शनिबार बोलाइएको छ। बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बस्नेछ।

बैठकमा केन्द्रको संयोजक को बन्ने भन्ने विषयमा छलफल हुने कार्यसूची छ। माओवादी केन्द्र निकटका नेताहरू केन्द्रको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ बन्ने सम्भावना रहेको बताउँछन्। उनीहरूका अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि केन्द्रको संयोजक बन्ने चाहना राखेका छन्।

४ असारमा समाजवादी घोषित केन्द्रमा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा छन्। केन्द्रको प्रमुख कार्यक्रम ‘नेपाली समाजवादको आधार तयार पार्ने’ बताइएको छ। सत्ताधारी गठबन्धनमा रहेका तीन दल र संसदीय प्रणाली नमान्ने भनेर बाहिर निस्किएको नेकपा कम्युनिस्ट पार्टी नेकपा मिलेर समाजवादी केन्द्र घोषणा भएको हो।

प्रतिनिधिसभामा समाजवादी केन्द्रका ५४ सांसद हुनेछन्। जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय