"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समाजवादी केन्द्रको संयोजकमा माधव नेपाल

प्रकाशित मिति :  8 July, 2023 7:31 pm


काठमाडौँ । नेकपा समाजवादी केन्द्र (चार दलीय मोर्चा)  संयोजकमा माधवकुमार नेपाल चयन भएका छन्। समाजवादी केन्द्रको शनिबार बसेको बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले बैठकको अध्यक्षता गर्ने निर्णय भएको छ।’

बैठकले मोर्चाको आचारसंहिता, नीति, कार्यक्रम निर्माणका लागि ४ सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा नेकपा (एकीकृत समाजवादी) का प्रमेश हमाल‚ नेकपा (माओवादी केन्द्र) का देव गुरुङ‚ जनता समाजवादी पार्टी (जसपा) का राजेन्द्र श्रेष्ठ र विप्लव नेतृत्वको नेकपाका खड्गबहादुर विश्वकर्मा रहेको पाण्डेले जानकारी दिए।

कार्यदलले तयार गरेको प्रतिवेदन आगामी असार २७ गते बस्ने मोर्चाको बैठकमा पेस हुने र पारित हुनेछ। उपाध्यक्ष पाण्डेका अनुसार मोर्चाको बैठकको अध्यक्षता ६/६ महिनामा परिवर्तन गर्ने सहमति गरिएको छ। पाण्डेले भने, ‘नेपालको अध्यक्षतामा  बैठक बडो सौहाद्रपूर्ण ढंगले सम्पन्न भयो। तर प्रथम बैठक अलि ढिलो भयो भनेर हामी सबैले महसुस गर्‍यौँ।’

बैठकले आफ्नो सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा केहीदिन भित्रै औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको उपाध्यक्ष पाण्डेले जानकारी दिए। उनले भने, ‘मोर्चाको सन्देश देशभर पुर्‍याउने गरी सबै प्रदेशको राजधानी सहरहरुमा केही दिनभित्र औपचारिक कार्यक्रम गर्ने निर्णय गरिएको छ।’

बैठकमा मोर्चाको उद्देश्य, यसको गठनबाट देशले पाउने कुरा र अहिलेको लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो। छलफलपछि यसका सन्देशहरु दिनका लागि सात वटै प्रदेशमा केही दिनभित्रमा कार्यक्रम गर्ने निर्णय भएको पाण्डेले बताए। उनले भने, ‘कार्यक्रम कुन–कुन मितिमा गर्छौं भन्नेचाहिँ आउँदो २७ गते घोषणा हुन्छ।’

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरु सहभागी थिए।

४ असारमा समाजवादी घोषित केन्द्रमा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा छन्। केन्द्रको प्रमुख कार्यक्रम ‘नेपाली समाजवादको आधार तयार पार्ने’ बताइएको छ। सत्ताधारी गठबन्धनमा रहेका तीन दल र संसदीय प्रणाली नमान्ने भनेर बाहिर निस्किएको नेकपा कम्युनिस्ट पार्टी नेकपा मिलेर समाजवादी केन्द्र घोषणा भएको हो।

प्रतिनिधिसभामा समाजवादी केन्द्रका ५४ सांसद छन्। जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा