"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्‍मा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरौँ : सभामुख घिमिरे

प्रकाशित मिति :  8 July, 2023 7:34 pm


काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्‍ अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गरेपछि मात्रै सदन अघि बढ्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय सरदार प्रितम सिंहका विषयमा दिएको अभिव्यक्तिलाई लिएर संसद्‍ अवरोध भइरहेको भन्दै उनले संसद्‍मा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेर मात्रै संसद्‍लाई गति दिन उचित हुने बताए ।

सभामुख कसैको पक्ष वा विपक्षमा नरहने भन्दै संसद्‍मा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न मध्यस्थताको भूमिका आफूले निभाइरहेको उनले बताए । प्रधानमन्त्रीलाई सम्पर्क गरी प्रतिपक्ष दलहरुसँग वार्ताको पहल गरी वार्ताबाट समस्या समाधान गर्दै संसद्‍ सुचारु गर्न आग्रह गरेको पनि उनले बताए ।

सभामुख घिमिरेले प्रतिपक्षी दलको अडानका विषय पनि प्रधानमन्त्री समक्ष आफूले जानकारी गराएको भन्दै वार्ताबाट समस्याको समाधान हुनेमा विश्वस्त रहेको बताएका थिए ।

‘सभामुखलाई आफ्नो पक्षमा आफ्नो सोचमा सभामुखलाई ल्याउनको लागि सबैले भन्छन्, सभामुखको रोल प्रधानमन्त्रीलाई बोल्न दिनेमा भयो भने त चल्थ्यो नि, भन्ने सत्ता पक्षले भन्छ भने यस्तो कुरा उठ्दा उठ्दै यो कुराको निर्क्यौल गर्ने कुरामा सत्ता पक्षले टेर्दै नटेर्ने अनि हामीले उसका कुराकानी सुनेको भरमा सदन चल्ने, चलाउने सदन भनेको कसैको इच्छाअनुसार वा नियन्त्रणमा चल्ने चिज हो र ? यस्तो पनि सभामुखले गर्नुहुन्छ र ? भन्ने अर्कोले भन्छ । त्यसैले यो त के हो भने खेलाडीहरुले मेरो पक्षमा के हो भने एम्पायरले निर्णय दिनुपर्‍यो भनेर आग्रह गरेजस्तो मात्रै हो,’ उनले भने ।

तर संसद्‍मा विवाद उठिसकेपछि त्यसलाई समाधान गरेर टुंगोमा पुर्‍याउनुपर्ने उनको भनाइ छ । यसका लागि आफ्नो निष्पक्ष र तटस्थ भूमिका हुने पनि घिमिरेले बताएका थिए ।

उनले भने, ‘इस्युमा विवाद भइसकेपछि इस्युलाई टुंग्याउन मेरो निष्पक्ष भूमिका हुन्छ, क्रियाशील भूमिका हुन्छ । त्यो भूमिकाका लागि मैले आफ्नो सक्दो कोसिस गरिरहेको छु । अब यो इस्यु उठेर इस्युमा कुरा नमिलेर भइसकेपछि टुंग्याउने कुनै विधि, तरिका, वा इस्युलाई समाधान गर्ने वा इस्युलाई थाती राखेर पनि नियमित गर्नुपर्ने काममा हामी जाउँ भन्ने ठाउँमा ल्याउन उहाँहरुको बीचमा समझदारी हुनुपर्छ । समझदारी गर्न नेता, पार्टीहरु पार्टीको बीचमा यी कुरा गराउन पहिलो कुरा त राजनीतिक पार्टीले नै यो जिम्मेवारी निर्वाह गर्नेगरी सोच्नुपर्छ ।’

यस क्रममा उनले दलहरूसँग सम्पर्क गरिरहेको पनि बताएका छन् । केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारत र नेपाल धाएको भन्दै दिएको अभिव्यक्ति दिएपछि संसद्‍मा उनको चर्को विरोध भएको छ । प्रधानमन्त्री दाहालको सोही विषयलाई लिएर एमालेले संसद्‍ अवरोध गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय