"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीले राजीनामा नदिए सम्म संसद विरोध जारी राख्छौं : प्रमुख सचेतक गिरी

प्रकाशित मिति :  9 July, 2023 10:40 am


काठमाडौं । नेकपा एमालेले आजको संसद बैठक पनि अवरुद्ध गर्ने जनाएको छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक ११ बजे बोलाइएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आजको संसद बैठकमा पनि विरोध जारी राख्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो अडान कायमै छ, त्यसैले आज पनि हाम्रो विरोध जारी रहन्छ ।

सरदार पि्रतम सिंहको बारेमा उनकी छोरी दीप सन्धुले लेखेको ‘रोड्स टु द भ्याली’ पुस्तकको यही असार १८ गते काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विवादास्पद अभिव्यक्ति दिएका थिए ।

प्रितम सिंहको प्रशंसा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई एकपटक प्रधानमन्त्री बनाउन पि्रतम सिंह पटक-पटक दिल्ली गएको बताएका थिए ।

त्यसयता एमालेले संघीय संसदका दुवै सदनमा अवरोध गर्दै आएको छ । एमालेको अवरोध कायम रहने भएपछि गत शुक्रबार तय भएको प्रतिनिधि सभा बैठक बस्दै नबसी आजसम्मका लागि स्थगित भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा