"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिपक्षी दल एमालेले लगातार संसद् बैठक अवरुद्ध

प्रकाशित मिति :  9 July, 2023 4:55 pm


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ। संघीय संसद् सचिवालयका महासचिव डा. भरत गौतमले सूचना टाँस गरेर बैठक भोलि सोमबार दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको जानकारी दिए।

आजै दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख देवराज घिमिरेले ३ बजेसम्मका लागि सारेका थिए। तर ३ बजे पनि बैठक नबस्ने भएको हो।

प्रधानमन्त्री दाहालले भारतीय व्यापारीले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीमा छलफल गरेको अभिव्यक्ति दिएपछि प्रतिपक्षी दलले लगातार संसद् बैठक अवरुद्ध गर्दै आइरहेका छन्।

संसद्‌को गतिरोध अन्त्य गर्न आज बिहान प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। छलफलमा संसद्को विवाद अन्त्य गरी बैठक सञ्चालन गर्न अवरोध नगर्ने सहमति भएको थियो।

आजको बैठकमा प्रधानमन्त्री बोल्ने र बैठक चलाउने सहमति तीन नेताबीच भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका थिए। तर, अन्तिम समयमा आएर बैठक सारिएको छ। एमालेले प्रधानमन्त्रीले यसविषयमा माफी नै माग्नुपर्ने अडान राखेको बताइएको छ।

संसद्‌ बैठक सञ्चालनका लागि सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पनि दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा