"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् सुचारु गर्ने तिन दलिय सहमतीबाट एमाले किन हच्कीयो ?

प्रकाशित मिति :  10 July, 2023 12:59 pm


काठमाडौँ । प्रधानमन्त्री दाहालले केही दिनअघि नेपालमा भारतको चाहनामा मात्र सरकार बन्ने आशयको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक सुत्रीय मागसहित बैठक अवरोध गरिरहेको छ। तर आजको बैठक राख्ने वा नराख्ने भन्नेमा एमाले नै दोधारमा देखिएको छ।

आइतबार बैठक चलाउने सहमति जुटाउन प्रधानमन्त्री, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री बोल्ने र बैठक चलाउने सहमति तीन नेताबीच भएको थियो। तर, अन्तिम समयमा आएर बैठक सारिएको थियो।

संघीय संसद्का दुवै सदनको बैठक एमालेका कारण अवरुद्ध हुदै आएको छ। आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी आज अपराह्न तीन बजेसम्मलाई स्थगित भएको छ। त्यस्तै एमालेको अवरोधले राष्ट्रियसभा बैठक बिहान ११ बजेर १ मिनेटसम्मका लागि स्थगित भएको छ।

यसअघि, हिजो दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो ३ बजेसम्मका लागि सारेका थिए ।

एमालेको एक समूहले आजको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई स्पष्टीकरण दिन लगाएर संसद् खुलाउनु पर्ने बताउँदै आएको छ। तर एमालेकै अर्को समूहले भने तत्काल संसद् बैठक खुलाउन नहुने र प्रधानमन्त्रीको राजीनामा माग्नु पर्ने अडा राखेको छ।

एमालेभित्र अहिले प्रधानमन्त्रीको राजीनामाको एजेन्डाले आफूहरू कमजोर बनेको बहस छ। ‘यो विषयमा प्रधानमन्त्रीले राजीनामा दिँदैनन् भन्ने पहिलै निश्चित थियो। तर हामीले राजीनामा माग्यौ,’ एमालेका एक नेताले भने,‘अहिले कसरी अघि बढ्ने सकस भएको छ।’

आजको बैठक चल्न नदिने एमालेले अडान कायमै राखेको छ। एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर सचिवालयले जारी गरेको विज्ञप्ति र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक संजालमार्फत सार्वजनिक गरेको विषयलाई लिएर प्रश्न उठाएपछि सहमति भाँडिएको थियो।

सिंहदरबारमा तीन दलबीच भएको सहमति सत्तारुढ दलभित्रकै बेमेलका कारण तोडिएको एमालेको दाबी छ। प्रधानमन्त्री दाहालको सचिवालयले असार २१ गते जारी गरेको विज्ञप्तिमा मिटर ब्याज पीडितलाई सम्बोधन गर्न ल्याइएको अध्यादेश र सरकारले गरेको सुशासनका काममा एमालेले अवरोध पुर्याएको उल्लेख थियो। एमाले अध्यक्ष ओलीले यसबारे पनि प्रधानमन्त्रीले संसदमा प्रष्ट पार्न आग्रह गरेका थिए। यही विषयमा कुरा नमिलेपछि संसद बैठक स्थगित गरिएको नेताहरुको भनाइ छ।


प्रधानमन्त्रीको अभिव्यक्लिाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग्यो। तर अन्य प्रतिपक्षी दलबाटै साथ पाएन। यद्यपि, संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नै राजीनामा साथ दिएन। यद्यपि, एमालेको लगातारको संसद् अवरोधको विरोध गर्‍यो। यता राप्रपाले पनि एमालेलाई साथ दिएन। राप्रपाले पनि संसद् अवरोधमा साथ दिए पनि अहिले सम्म राजीनामा नै मागेको छैन।

यसैले एमाले राजीनमाबाट पछि हट्यो। एमालेले प्रधानमन्त्रीको राजीनाबाट पछि हटेर प्रेस सल्लाहकारको राजीनामा माग्न बाध्य भयो।प्रधानमन्त्रीको प्रेस सल्लाकारले दिएको स्पष्टीकरणका कारण एमाले अध्यक्ष ओली थप आक्रामक बनेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुसार, विभिन्न १

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा अध्यादेश जारी गरेका छन्। उनले शनिबार एकैपटक तीनवटा अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारबाट सिफारिस भएकामध्ये उनले तेस्रो अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति पौडेलले

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । उनले सरकारले सिफारिस गरेका ६ मध्ये यी दुई