"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

प्रकाशित मिति :  12 July, 2023 10:25 am


काठमाडौँ  । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक स्थगित भएको छ। झन्डै एक वर्षपछि बुधबारका लागि डाकिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्नीशोक परेका कारण स्थगित भएको हो।

माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पत्नी सीता दाहालको बुधबार निधन भएको थियो। सोही कारण बिहान बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठक बस्न नसकेको सहमहामन्त्री किशोरसिंह राठौरले जानकारी दिए। उनले केन्द्रीय समिति बैठक पनि स्थगित भएको बताए।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको थियो। कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले केन्द्रीय समिति बैठक स्थगित गरिएको बताए।

सहमहामन्त्री राठौरले भने, ‘ प्रधानमन्त्री पत्नीको निधन भएपछि बुधबार बिहान बस्ने भनिएको पदाधिकारी बैठक पनि बसेन। केन्द्रीय समिति बैठक पनि स्थगित भएको छ।’ उनका अनुसार केन्द्रीय समिति अब कहिले बस्ने भन्ने टुंगो लागेको छैन। पार्टीका नेताहरूका अनुसार बैठक साउन २ गते बस्न सक्नेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित भएको हो। सभापति शेरबहादुर देउवा प्रधानमन्त्री दाहाललाई समवेदना दिन नर्भिक अस्पताल पुगेका छन्।  कांग्रेस केन्द्रीय समिति बैठक अब कहिले बस्ने भन्नेबारे विज्ञप्ति निकालेर जानकारी दिइने पराजुलीले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै