"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

प्रकाशित मिति :  12 July, 2023 10:25 am


काठमाडौँ  । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक स्थगित भएको छ। झन्डै एक वर्षपछि बुधबारका लागि डाकिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्नीशोक परेका कारण स्थगित भएको हो।

माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पत्नी सीता दाहालको बुधबार निधन भएको थियो। सोही कारण बिहान बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठक बस्न नसकेको सहमहामन्त्री किशोरसिंह राठौरले जानकारी दिए। उनले केन्द्रीय समिति बैठक पनि स्थगित भएको बताए।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको थियो। कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले केन्द्रीय समिति बैठक स्थगित गरिएको बताए।

सहमहामन्त्री राठौरले भने, ‘ प्रधानमन्त्री पत्नीको निधन भएपछि बुधबार बिहान बस्ने भनिएको पदाधिकारी बैठक पनि बसेन। केन्द्रीय समिति बैठक पनि स्थगित भएको छ।’ उनका अनुसार केन्द्रीय समिति अब कहिले बस्ने भन्ने टुंगो लागेको छैन। पार्टीका नेताहरूका अनुसार बैठक साउन २ गते बस्न सक्नेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित भएको हो। सभापति शेरबहादुर देउवा प्रधानमन्त्री दाहाललाई समवेदना दिन नर्भिक अस्पताल पुगेका छन्।  कांग्रेस केन्द्रीय समिति बैठक अब कहिले बस्ने भन्नेबारे विज्ञप्ति निकालेर जानकारी दिइने पराजुलीले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा