"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले सचिवालय बैठक बस्दै

प्रकाशित मिति :  13 July, 2023 4:38 pm


काठमाडौं । पछिल्लो राजनीतिक विकास क्रमको समीक्षा गर्न नेकपा एमालेले सचिवालय बैठक डाकेको छ। ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा यही असार ३० गते सचिवालय बैठक डाकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजन अनुसार कामको मूल्यांकन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसंगठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ।

यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीका उपाध्यक्षहरूसँग पार्टी गतिविधिबारे छलफल गरेका छन्। अध्यक्ष ओलीले उपाध्यक्षहरूसँग पार्टीको गतिविधि र आगामी बस्ने सचिवालय बैठकको तयारीबारे छलफल गरेका प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा