"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड  लु नेपालमा

प्रकाशित मिति :  14 July, 2023 2:05 pm


काठमाडौँ । दक्षिण  तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड  लु नेपाल आइपुगेका छन्। शुक्रबार बिहान ११:३० बजे लु त्रिभुवन विमानस्थलमा आइपुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए। 

एक दिने भ्रमणका लागि आएका सहायक विदेश मन्त्री लुले काठमाडौंमा केही महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने छन्। सहायक विदेश मन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर उनकी पत्नी सीता दाहालको निधनमा समवेदना व्यक्त गर्ने कार्यक्रम छ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार त्यसबाहेक लुले अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग छलफल गर्ने र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सिप प्रदान गर्न उनीहरूले गरेका प्रयासबारे बुझ्ने छन्।

लु यसअघि एमसिसी परियोजना संसदबाट पारित हुने क्रममा रहेका बेला नेपाल आएका थिए। एमसिसी संसदबाट पारित भएपछि पनि उनले नेपाल भ्रमण गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने