"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस केन्द्रीय समिति बैठकमा आज सदस्यहरूले धारणा राख्‍दै

प्रकाशित मिति :  19 July, 2023 11:46 am


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार ( हिजो)देखि सुरु भएको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन्।

प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ। बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ। पहिलो दिनको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रतिवेदन पेस गरेका थिए।

मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डा प्रस्तुत गरेका थिए भने महामन्त्री गगन थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए।

यस्तै उपसभापति पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा विचार राखेका थिए भने प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको विषयमा बोलेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा