"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस केन्द्रीय समिति बैठकमा आज सदस्यहरूले धारणा राख्‍दै

प्रकाशित मिति :  19 July, 2023 11:46 am


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार ( हिजो)देखि सुरु भएको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन्।

प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ। बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ। पहिलो दिनको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रतिवेदन पेस गरेका थिए।

मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डा प्रस्तुत गरेका थिए भने महामन्त्री गगन थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए।

यस्तै उपसभापति पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा विचार राखेका थिए भने प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको विषयमा बोलेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।