"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सांसद क्षेत्र विकास कोषबारे सर्वोच्चले सरकारसंग माग्यो लिखित जवाफ

प्रकाशित मिति :  20 July, 2023 6:32 pm


काठमाडौँ । संसद् क्षेत्र विकास कोषबारे प्रश्न उठाउँदै सर्वोच्च अदालतले सरकारसँऊ लिखित जवाफ माग गरेको छ। देशका आर्थिक संकट रहेका समयमा यसरी सांसदहरूलाई पैसा वितरणको व्यवस्था गर्ने कार्य गलत भएको भन्दै दायर रिटमा सर्वोच्चले लिखित आदेश माग गरेको हो।

सरकारले बजेटमार्फत संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष)को व्यवस्था गरेपछि निकै विवाद भइरहेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले पहिलो सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाउ आदेश जारी गर्दै छलफलमा पनि बोलाएको छ।

सर्वोच्चले अर्थमन्त्री प्रकाशशरण महत, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालयलगायतका विपक्षीहरूसँग लिखित जवाफ पेस गर्न भनेको छ। सर्वोच्चले अन्तरिम आदेशका लागि विपक्षीहरूलाई छलफलमा झिकाउने आदेश पनि गरेको छ।

सरकारले नयाँ आर्थिक वर्षका लागि ल्याएको बजेटमा संसद विकास कोषमा ५ करोड विनियोजन गरेको थियो। आर्थिक वर्ष २०८०/०८१ को आयव्ययको वक्तव्यको बुँदा नम्बर ४४५ मा उल्लेखित निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्ने गरी संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) को व्यवस्था गरिएको थियो।

यस्तो बजेटको संविधानले परिकल्पना गरेको शक्ति पृथकीकरण र संघीयताको सिद्धान्तसँग विपरीत भएकाले बदर हुनुपर्ने रिटमा उल्लेख छ। अधिवक्ता सागर बराल, सौगात राज बराल र कानुनका विद्यार्थी अविनेश अधिकारीद्वारा रिट दायर भएको थियो।

सर्वोच्चले साउन १६ गते अन्तरिम आदेशको छलफलमा अर्को पक्षलाई बोलाएको छ। उक्त दिन सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा बजेटको यो व्यवस्था कार्यान्वयनमा रोक लाग्ने छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी