"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सांसद क्षेत्र विकास कोषबारे सर्वोच्चले सरकारसंग माग्यो लिखित जवाफ

प्रकाशित मिति :  20 July, 2023 6:32 pm


काठमाडौँ । संसद् क्षेत्र विकास कोषबारे प्रश्न उठाउँदै सर्वोच्च अदालतले सरकारसँऊ लिखित जवाफ माग गरेको छ। देशका आर्थिक संकट रहेका समयमा यसरी सांसदहरूलाई पैसा वितरणको व्यवस्था गर्ने कार्य गलत भएको भन्दै दायर रिटमा सर्वोच्चले लिखित आदेश माग गरेको हो।

सरकारले बजेटमार्फत संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष)को व्यवस्था गरेपछि निकै विवाद भइरहेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले पहिलो सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाउ आदेश जारी गर्दै छलफलमा पनि बोलाएको छ।

सर्वोच्चले अर्थमन्त्री प्रकाशशरण महत, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालयलगायतका विपक्षीहरूसँग लिखित जवाफ पेस गर्न भनेको छ। सर्वोच्चले अन्तरिम आदेशका लागि विपक्षीहरूलाई छलफलमा झिकाउने आदेश पनि गरेको छ।

सरकारले नयाँ आर्थिक वर्षका लागि ल्याएको बजेटमा संसद विकास कोषमा ५ करोड विनियोजन गरेको थियो। आर्थिक वर्ष २०८०/०८१ को आयव्ययको वक्तव्यको बुँदा नम्बर ४४५ मा उल्लेखित निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्ने गरी संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) को व्यवस्था गरिएको थियो।

यस्तो बजेटको संविधानले परिकल्पना गरेको शक्ति पृथकीकरण र संघीयताको सिद्धान्तसँग विपरीत भएकाले बदर हुनुपर्ने रिटमा उल्लेख छ। अधिवक्ता सागर बराल, सौगात राज बराल र कानुनका विद्यार्थी अविनेश अधिकारीद्वारा रिट दायर भएको थियो।

सर्वोच्चले साउन १६ गते अन्तरिम आदेशको छलफलमा अर्को पक्षलाई बोलाएको छ। उक्त दिन सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा बजेटको यो व्यवस्था कार्यान्वयनमा रोक लाग्ने छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय