"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेले सत्तारुढ गठबन्धन तोड्ने षड्यन्त्र गरेको माधवकुमार नेपाल दाबी

प्रकाशित मिति :  22 July, 2023 6:41 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्ने अनेक षड्यन्त्र भइरहेको दाबी गरेका छन्। अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिस्टहरूको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउन सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गरे।

शनिबार काठमाडौँमा आयोजित ‘समाजवादः बहस र संघर्ष’ विषयक कार्यक्रममा उनले एमालेप्रति लक्षित गर्दै कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीहरूसँग हातेमालो गरिरहेको बताए।

प्रतिगामीहरूसँगको हातेमालो बुझेर आफूहरूले पनि सत्तारुढ गठबन्धन कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्नेमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। ‘घुमिफिरी शत्रु भनेको कांग्रेस हो भन्ने पारेर अनि अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र हुन सक्दछ,’ उनले भने, ‘त्यसकारण अघि मैले भने व्यवहार सोचेजस्तो हुँदैन।’ अध्यक्ष नेपालले व्यक्तिवाद हाबी भएकै कारण तत्कालीन नेकपासमेत विभाजित हुन पुगेको भन्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा