"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेले सत्तारुढ गठबन्धन तोड्ने षड्यन्त्र गरेको माधवकुमार नेपाल दाबी

प्रकाशित मिति :  22 July, 2023 6:41 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्ने अनेक षड्यन्त्र भइरहेको दाबी गरेका छन्। अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिस्टहरूको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउन सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गरे।

शनिबार काठमाडौँमा आयोजित ‘समाजवादः बहस र संघर्ष’ विषयक कार्यक्रममा उनले एमालेप्रति लक्षित गर्दै कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीहरूसँग हातेमालो गरिरहेको बताए।

प्रतिगामीहरूसँगको हातेमालो बुझेर आफूहरूले पनि सत्तारुढ गठबन्धन कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्नेमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। ‘घुमिफिरी शत्रु भनेको कांग्रेस हो भन्ने पारेर अनि अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र हुन सक्दछ,’ उनले भने, ‘त्यसकारण अघि मैले भने व्यवहार सोचेजस्तो हुँदैन।’ अध्यक्ष नेपालले व्यक्तिवाद हाबी भएकै कारण तत्कालीन नेकपासमेत विभाजित हुन पुगेको भन्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।