"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शेखर कोइरालाको प्रश्न – गठबन्धनभित्र कै दलहरुले समाजवादी मोर्चा बनाउनुको अथै के हो ?

प्रकाशित मिति :  23 July, 2023 7:17 pm


काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले समाजवादी मोर्चाको सम्बन्धमा प्रश्न उठाएका छन्। आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले सत्तारूढ गठबन्धनभित्रैका दलहरूले कसका लागि मोर्चा बनाएको हो भनी प्रश्न गरे। गठबन्धनभित्र अर्को गठबन्धन बनेको भन्दै कोइरालाले त्यसबारेमा पार्टीभित्र छलफल गर्नु जरुरी रहेको उल्लेख गरे।

‘हामी गुटभित्र पनि उपगुट भनेर भन्छौँ नेपाली कांग्रेसभित्र । हामीहरूको गठबन्धनभित्र पनि अर्को गठबन्धन बनेको छ । समाजवादी मोर्चा, त्यो कसका लागि बनेको हो त्यतातिर अब हामीले छलफल गर्न जरुरी छ,’ उनले भने।

नेता कोइरालाले महामन्त्री गगन थापाले प्रस्तुत गरेको संगठनात्मक कार्यतालिकामा प्रदेशलाई छुट्याइएको बताए। कांग्रेस मासबेस पार्टी भए पनि कार्यतालिका भने क्याडरबेसमा गएको उनको टिप्पणी छ। उनले आगामी निर्वाचन कांग्रेस एक्लैले लड्नुपर्ने कुरामा समेत जोड दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा