"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शेखर कोइरालाको प्रश्न – गठबन्धनभित्र कै दलहरुले समाजवादी मोर्चा बनाउनुको अथै के हो ?

प्रकाशित मिति :  23 July, 2023 7:17 pm


काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले समाजवादी मोर्चाको सम्बन्धमा प्रश्न उठाएका छन्। आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले सत्तारूढ गठबन्धनभित्रैका दलहरूले कसका लागि मोर्चा बनाएको हो भनी प्रश्न गरे। गठबन्धनभित्र अर्को गठबन्धन बनेको भन्दै कोइरालाले त्यसबारेमा पार्टीभित्र छलफल गर्नु जरुरी रहेको उल्लेख गरे।

‘हामी गुटभित्र पनि उपगुट भनेर भन्छौँ नेपाली कांग्रेसभित्र । हामीहरूको गठबन्धनभित्र पनि अर्को गठबन्धन बनेको छ । समाजवादी मोर्चा, त्यो कसका लागि बनेको हो त्यतातिर अब हामीले छलफल गर्न जरुरी छ,’ उनले भने।

नेता कोइरालाले महामन्त्री गगन थापाले प्रस्तुत गरेको संगठनात्मक कार्यतालिकामा प्रदेशलाई छुट्याइएको बताए। कांग्रेस मासबेस पार्टी भए पनि कार्यतालिका भने क्याडरबेसमा गएको उनको टिप्पणी छ। उनले आगामी निर्वाचन कांग्रेस एक्लैले लड्नुपर्ने कुरामा समेत जोड दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।