"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘जनता र कार्यकर्तामा चरम निराशा छ, कांग्रेसले अब के गर्छ ?’

प्रकाशित मिति :  24 July, 2023 5:42 pm


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनता र कार्यकर्तामा चरम निराशा रहेको बताएका छन्। केन्द्रीय समिति बैठकमा बोल्दै उनले कार्यकर्तामा पुग्दा प्रजापरिषद् र कांग्रेस आईजस्तो हुन लागेको भनी निराशा व्यक्त गर्ने गरेको बताए। महामन्त्री गगन थापाले आफूले बोल्न बन्द गरेर पार्टीको समस्या हल नहुने बताएका छन् ।

सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । पार्टीको बैठकमा महामन्त्रीको आलोचना, सुझाव, गल्ती औंल्याउने र सुझाव दिने काम भएको भन्दै त्यसबाट अब बाहिर निस्कनुपर्ने उनले बताए । 

‘पछिल्लो दिनमा जे महसुस गरेको छु त्यसले  म आत्तिएको छु। जो भेटे पनि बाहिर जाने भनी हिँडेको देख्छु।  खुसी भएको कोही देखिरहेको छैन,’ उनले भने, ‘मानिसहरु निराश भएका छन्। मानिसले होप देखेको छैन। आज राम्रो भएन तर भोलि राम्रो हुन्छ भन्ने आस देखिँदैन। निराशाको व्यापार चल्न थालेको छ। यो निकै चल्न सक्ने देखिएको छ।’ 

यस्तो समयमा नेपाली कांग्रेसले थप संकल्पबाट बाहिर निकाल्नुपर्ने भन्दै उनले पार्टीका साथीहरुको मनस्थिति त्यो अनुसार नपाएको बताए। ‘साथीहरुमै आत्मविश्वास हराएको देखिन्छ। प्रजापरिषद् र भारतको कंग्रेस आईजस्तो बन्छौं भन्ने निराशा देखिन्छ,’ थापाले भने।

उनले अब आत्म निरीक्षण गरेर जानुपर्ने भन्दै निर्वाचन जितेर पनि हारेको झैं किन कांग्रेस हुनुपरेको भनी प्रश्न गरे। उनले जितकोमा त्यो भाव नै नदेखिएको र फुटवल हारेको टिमजस्तो भएको उनले बताए। उनले अब धुप बालेर आरती गर्नेभन्दा बाहिर झ्यालबाट हेरेर सुधार गर्नुपर्ने बताए।

उनले भने, ‘बाहिर जेजे कुरा आएका छन् त्यो सबै प्रायोजित छन् । पार्टीगतरूपमा एउटा समस्या छ । महामन्त्री अलि बढी बोल्छ । त्यसले बोल्न बन्द गरेर मौन ब्रत राख्यो भने पार्टीको सबै समस्या हल हुन्छ । मलाई के लाग्छ सभापतिज्यू ! मलाई के लाग्छ भने यसले हामीलाई दुर्घटनातिर लान्छ । यो अहिलेको समय न आत्मनिन्दा गर्ने बेला हो न सक्यो सक्यो भनेर सबै ठीक छ भन्ने बेलामा हो । यो बेलामा हामी सम्हालिनुपर्छ ।’

थापाले सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई जवाफ फर्काएका छन् । कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा राणाले महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदन ‘एनजीओको विसलिष्ट’ जस्तो भनेकी थिइन् ।

आफ्नो पालोमा बोल्ने क्रममा थापाले केही साथीले प्रतिवेदनलाई ‘एनजीओको विसलिष्ट’ जस्तो भनेको भन्दै थपे, ‘एनजीओमा काम नगरेको हुनाले त्यति अनुभव त छैन । तर यो आम पार्टी साथीहरुको ‘विसलिष्ट’ हो ।’

पार्टी संगठन सक्रिय बनाउने उद्देश्य आफ्ने प्रतिवेदनमा रहेका थापाले दाबी गरे ।‘अहिलेको अवस्थाले पार्टी चल्दैन यसलाई सुधार्नै पर्छ । संगठन सक्रिय हुने सोचेर प्रस्तुत गरिएको हो,’ थापाले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।