"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाए कांग्रेसको औचित्य समाप्त हुन्छ : शेखर कोईराला

प्रकाशित मिति :  25 July, 2023 6:20 pm


काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाए पार्टीको औचित्य समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको उल्लेख गरे ।

उनले भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त बताए । नेता कोइरालाले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको दाबी गरे । फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको उल्लेख गर्दै उनले यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाएको बताए ।

‘भ्रष्टाचारले देशलाई चारैतिर अत्यन्त गम्भीर तरिकाले गाँजिएको मैले पाइराखेको छु । जता हेर्‍यो, जसरी हेर्‍यो, जहाँ हेर्‍यो त्यहीं भ्रष्टाचार देखिन्छ । यो केन्द्रीय समितिपछिको नेपाली कांग्रेस भ्रष्टाचारमा शून्य सहनशिलताको हिसाबले हामी अगाडी बढ्नै पर्छ । नत्रभने नेपाली काग्रेसको औचित्य समाप्त हुन्छ’ उनले भने ।

उनले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको बताए । ‘हुँदाहुँदा कानुन नै हामीहरु यस्तो बनाउन खोज्दैछौं, जुन कानून फौजदारी मुद्दाबाट फैसला भइसकेका व्यक्तिहरुलाई पनि राजनीतिक मुद्दा भनेर छुट दिने । यस्ता कुराहरुले हामीहरुको छवि, भ्रष्टाचार र दण्डहिनताले गर्दा अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको छवि अत्यन्त धुमलिएर गएको मैले पाइराखेको छु’ उनले भने,’ भूटानी शरणार्थीको कुरा गर्दा त अन्तर्राष्ट्रिय समुदायमा हामीहरुले आफ्नो अनुहार कसरी देखाउने ? यो कुराहरुलाई शुन्य सहनशिलताको रुप लिएर नेपाली कांग्रेस यो केन्द्रीय समितिपछि पक्कैपनि हामीहरु अगाडी बढ्छौं भन्नेकुरा तपाईंहरुको माझ राख्न चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा