"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाए कांग्रेसको औचित्य समाप्त हुन्छ : शेखर कोईराला

प्रकाशित मिति :  25 July, 2023 6:20 pm


काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाए पार्टीको औचित्य समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको उल्लेख गरे ।

उनले भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त बताए । नेता कोइरालाले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको दाबी गरे । फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको उल्लेख गर्दै उनले यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाएको बताए ।

‘भ्रष्टाचारले देशलाई चारैतिर अत्यन्त गम्भीर तरिकाले गाँजिएको मैले पाइराखेको छु । जता हेर्‍यो, जसरी हेर्‍यो, जहाँ हेर्‍यो त्यहीं भ्रष्टाचार देखिन्छ । यो केन्द्रीय समितिपछिको नेपाली कांग्रेस भ्रष्टाचारमा शून्य सहनशिलताको हिसाबले हामी अगाडी बढ्नै पर्छ । नत्रभने नेपाली काग्रेसको औचित्य समाप्त हुन्छ’ उनले भने ।

उनले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको बताए । ‘हुँदाहुँदा कानुन नै हामीहरु यस्तो बनाउन खोज्दैछौं, जुन कानून फौजदारी मुद्दाबाट फैसला भइसकेका व्यक्तिहरुलाई पनि राजनीतिक मुद्दा भनेर छुट दिने । यस्ता कुराहरुले हामीहरुको छवि, भ्रष्टाचार र दण्डहिनताले गर्दा अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको छवि अत्यन्त धुमलिएर गएको मैले पाइराखेको छु’ उनले भने,’ भूटानी शरणार्थीको कुरा गर्दा त अन्तर्राष्ट्रिय समुदायमा हामीहरुले आफ्नो अनुहार कसरी देखाउने ? यो कुराहरुलाई शुन्य सहनशिलताको रुप लिएर नेपाली कांग्रेस यो केन्द्रीय समितिपछि पक्कैपनि हामीहरु अगाडी बढ्छौं भन्नेकुरा तपाईंहरुको माझ राख्न चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।