"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृहमन्त्रीले राजीनामा नदिएसम्म एमाले संसद् चल्न नदिने

प्रकाशित मिति :  26 July, 2023 3:31 pm


काठमाडौँ । नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने  निर्णय गरेको छ।  नयाँ बानेश्वरमा बुधबार बसेको पार्टी संसदीय दलको बैठकले गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न नदिने निर्णय गरेको हो।

सोमबार राति कम्बोडियाबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री श्रेष्ठको आलोचना गरेका थिए। त्रिभुवन विमानस्थल भन्सार पास गरी  झन्डै सय किलो सुन तस्करी भएको प्रकरणमा गृहमन्त्रीको समेत संलग्नता रहेको आरोप एमालेले लगाउँदै आएको छ।

एमाले प्रमुख सचेतक पदम गिरीले संवाददाताहरूसँग भने, ‘गृहमन्त्री संलग्नताबिना तस्करी हुन सम्भव छैन। यसमा छानबिन हुनुपर्छ। गृहमन्त्री पदमा बस्न योग्य हुनुहुन्न। उहाँले राजीनामा नदिएसम्म संसद् चल्न दिँदैनौँ।’

सुन तस्करीबारे गहिरो गरी अनुसन्धान गर्नुपर्ने माग एमालेको छ। एमाले नेता रघुजी पन्तले भने, ‘गहिराइसम्म पुगेर जरोसम्म अनुसन्धान गरी  दोषी पत्ता लाग्नुपर्‍यो। त्यसलाई कानुनी कारबाही गर्नुपर्‍यो।’ सुन तस्करी प्रक्रियामा जो जो संलग्न छन् उनीहरूमाथि कारबाही गर्नुपर्ने पन्तले बताए। उनले सरकारले काम गर्न नसकेको तर मन्त्रीले ठूलाठूला कुरा गरिरहेको आरोप लगाए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले