"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विपद् व्यवस्थापनमा समन्वय गर्न कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

प्रकाशित मिति :  26 July, 2023 3:56 pm


काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशैभरका सुरक्षा निकाय र सरकारी अधिकारीहरूलाई विपद्को पूर्व आङ्कलन तथा व्यवस्थापनका लागि चनाखो हुन र एकीकृतरुपमा समन्वय गरी काम गर्न निर्देशन दिएका छन् ।

मन्त्री खड्काको अध्यक्षतामा बुधबार रक्षा मन्त्रालयमा विपद् व्यवस्थापनलगायतका विषयमा भएको छलफलमा सो निर्देशन दिएका हुन् ।

छलफलमा रक्षा मन्त्रीसमक्ष सम्बन्धित अधिकारीहरूले देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो, जनधनको क्षति र राजमार्ग अवरुद्धलगायतका विषयमा जानकारी गराए ।

छलफलमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाढी पहिरोलगायतका कारण जनधनको क्षति हुन नदिन तथा अवरुद्ध भएका राजमार्ग तत्काल सुचारु हुने व्यवस्था मिलाउनका साथै विपद् पूर्व सतर्कतालाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए।

साथै उनले बाढी पहिरोबाट कोही नागरिक पीडित भइहाले तत्काल उद्धार तथा राहातलाई उच्च प्राथमिकता दिन निर्देशन दिए । पीडितलाई राहत वितरणका सम्बन्धमा कुनै कानुनी बाधा अड्चन भएमा त्यसलाई तत्काल फुकाएर काम गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिए।

छलफलमा उपप्रधानमन्त्री तथा गृह मन्त्री, मुख्य सचिव, प्रधानसेनापति, रक्षा सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुख र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीसमेतको उपस्थिति रहेको जानकारी मन्त्री खड्काको सचिवालयले दिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता