"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचारीलाई कारबाही गर्दै सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री श्रेष्ठ

प्रकाशित मिति :  29 July, 2023 2:21 pm


काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अहिलेको अभियानमा साथ दिन सबैलाई आह्वान गरेका छन् । भ्रष्टाचारी र कमिसनखोरलाई कानुनी दायरामा ल्याउने र निहित स्वार्थ अनुकुल काम गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

शनिबार बिहान राष्ट्रिय शहीद तथा शान्ति पार्क जगडोलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्दै सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘जो-जो दोषी वा अपराधी छन्, तिनलाई कारबाही गरिन्छ नै,’ उनले भने ।

शहीद तथा बेपत्ता योद्धाले ऐतिहासिक राजनीतिक परिवर्तनका लागि मात्र नभएर जनताको जीवनस्तर फेर्नका लागि समेत आफूलाई उत्सर्ग गरेको भन्दै मन्त्री श्रेष्ठले त्यस दिशामा अगाडि बढ्न भ्रष्टाचार र कमिसनतन्त्रलाई निमिट्यान्न पार्नुपर्ने बताए ।

सुशासन कायम गर्दै आर्थिक-सामाजिक समृद्धि हासिल गरेमा मात्र नै शहीदहरूप्रति सच्चा सम्मान तथा श्रद्धा हुने उनले बताए ।

उनले जगडोलस्थित शहीद पार्कका लागि सरकारले आवश्यक सहयोग पर्ने प्रतिबद्धता पनि जनाए ।

‘यो शहीद पार्क देशमा कसरी राजनीतिक परिवर्तन भयो भनेर शिक्षा लिने ठाउँ हो,’ उनले भने, ‘छुटेका सबै शहीदलाई, निजामती सेवा एवम् सुरक्षा क्षेत्रका शहीदलाई, बेपत्ता बनाइएका सबै योद्धालाई समेटेर स्तम्भ निर्माण गर्न सबै निकायको सहयोग जरुरी छ । सरकारले यसमा हरतरहले सहयोग गर्नेछ ।’

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा