"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संवैधानिक परिषद्‌को बैठक मंगलवारका लागि आह्वान

प्रकाशित मिति :  31 July, 2023 9:35 am


काठमाडौँ । संवैधानिक परिषद्‌को बैठक आह्वान भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार अपराह्न ४ बजेका लागि परिषद्‌को बैठक बोलाएका हुन्। आइतबार प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सरकारको मुख्य साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि दाहालले बैठक बोलाएका हुन्।

मंगलबारको बैठकमा भावि प्रधानन्यायाधीशको नाम प्रस्ताव गर्ने तयारी छ। अहिलेका प्रधान्यायाधीश हरिकृष्ण कार्की साउन २० गते अवकास जाँदैछन्। प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिनाअघि भावि प्रधानन्यायाधीशको नाम सिफारिस हुनुपर्ने भए पनि त्यसो भएको छैन।

बैठकमा पनि तीन नेताबीच संवैधानिक परिषद्‌को बैठकसँगै संसद्‌मा हुँदै आइरहेको अवरोध खुलाउनेबारे छलफल भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारका प्रवक्ता सस्मित पोखरेलले बागमती र त्यसका सहायक नदी किनारमा बसोबास गर्दै आएका नागरिकहरू सुरक्षित र व्यवस्थित जीवनतर्फ अघि बढ्न

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति गगन थापाले संवैधानिक परिषद् राज्य भएको बताएका छन् । संवैधानिक परिषद्‌मा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँगै

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। सरकारले संवैधानिक परिषदसहित ५ वटा