"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

केन्द्रीय समिति विस्तार गर्ने माओवादीको निर्णय

प्रकाशित मिति :  2 August, 2023 1:55 pm


काठमाडौँ। पार्टीमा समावशिता देखाउन नेकपा माओवादीले विधान संशोधन गरेर केन्द्रीय समितिमा सदस्य थप्ने भएको छ।

माओवादीको विधानअनुसार केन्द्रीय समिति २९९ सदस्यीय छ। तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटी थपेर ३८५ बनाएका थिए। माओवादीले अब केन्द्रीय कमिटीमा महिलाको संख्या ३५ प्रतिशत पुर्‍याउन लागेको छ। त्यसपछि केन्द्रीय कमिटी ४०९ जनाको हुनेछ। यसबाहेक वैकल्पिक सदस्यहरू १९८ जना रहनेछन्।

‘समावेशी बनाउनुपर्ने कुरा उठेकाले विधान संशोधन गरेर सदस्य थप्दैछौँ,’ माओवादी सचिव गणेश साहले भने,‘अध्यक्षज्यूको प्रतिवेदनमा ३५ प्रतिशत पुर्‍याउने लेखेका कारण सदस्य थप्नुपरेको हो।’

बुधबार बिहान पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सोही निर्णय गरेको हो। त्यसका लागि केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेस हुँदैछ।

केन्द्रीय समितिबाट विधान संशोधन गरेपछि महिला, युवा र छुटेका केही सिनियर नेताहरूलाई केन्द्रीय समितिमा समावेश गर्ने साहले जानकारी दिए। माओवादी केन्द्रको ५ दिने केन्द्रीय समिति बैठक बुधबार प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।