"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

केन्द्रीय समिति विस्तार गर्ने माओवादीको निर्णय

प्रकाशित मिति :  2 August, 2023 1:55 pm


काठमाडौँ। पार्टीमा समावशिता देखाउन नेकपा माओवादीले विधान संशोधन गरेर केन्द्रीय समितिमा सदस्य थप्ने भएको छ।

माओवादीको विधानअनुसार केन्द्रीय समिति २९९ सदस्यीय छ। तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटी थपेर ३८५ बनाएका थिए। माओवादीले अब केन्द्रीय कमिटीमा महिलाको संख्या ३५ प्रतिशत पुर्‍याउन लागेको छ। त्यसपछि केन्द्रीय कमिटी ४०९ जनाको हुनेछ। यसबाहेक वैकल्पिक सदस्यहरू १९८ जना रहनेछन्।

‘समावेशी बनाउनुपर्ने कुरा उठेकाले विधान संशोधन गरेर सदस्य थप्दैछौँ,’ माओवादी सचिव गणेश साहले भने,‘अध्यक्षज्यूको प्रतिवेदनमा ३५ प्रतिशत पुर्‍याउने लेखेका कारण सदस्य थप्नुपरेको हो।’

बुधबार बिहान पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सोही निर्णय गरेको हो। त्यसका लागि केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेस हुँदैछ।

केन्द्रीय समितिबाट विधान संशोधन गरेपछि महिला, युवा र छुटेका केही सिनियर नेताहरूलाई केन्द्रीय समितिमा समावेश गर्ने साहले जानकारी दिए। माओवादी केन्द्रको ५ दिने केन्द्रीय समिति बैठक बुधबार प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा