"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शेखर कोइराला भने – सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुन सक्छ

प्रकाशित मिति :  3 August, 2023 12:36 pm


काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन्।  बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले राजस्व अनुसन्धान विभाग मात्रै संलग्न गराई सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले आशंका उब्जिएको बताए। 

सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री प्रचण्डको स्वकीय रहेका (नवराज ढुंगाना) लाई राजस्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको बताए। 

उनले भने, ‘सुन काण्डमा रोचक के छ भने सिआइबी इन्भल्व छैन। राजस्व अनुसन्धान मात्रै इन्भल्व छ। सिआइबी इन्भल्व छैन, त्यो इन्ट्रेस्टिङ छ। राजस्व अनुसन्धान पहिला अर्थ मन्त्रालयको अन्डरमा हुन्थ्यो, ओलीजी प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याउनुभयो, शेरबहादुरजी आइसकेपछि उहाँले फर्काउनुभएन, अहिले प्रधानमन्त्रीजीले पनि फर्काउनुभएको छैन। त्यहाँ डिजी जो हुनुहुन्छ, सुन काण्डभन्दा सात दिन पहिला प्रधानमन्त्रीजीको पिए हुनुहुन्थ्यो। के हुँदै छ, कहाँ पुग्न खोज्दै छौँ।’

भुटानी शरणार्थी र ललितानिवास जग्गा प्रकरण अहिले सुन प्रकरणपछि सेलाएको बताउँदै उनले सुन प्रकरणमा माथिल्लो तहका नेताहरूको संलग्नता रहेको आशंका व्यक्त गरे।  एक फरक प्रसंगमा नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफू नमिलेको र सभापतिले गरेका गल्ती र कमजोरीहरूमा आफूले असहमति राखिरहेको स्पष्ट पारे। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा