"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका चार निर्णय

प्रकाशित मिति :  4 August, 2023 12:42 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकले पार्टी सदस्य दामोदर खत्रीलाई तीन महिना निलम्बन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

सैनामैना नगर र्‍यापिड एक्सन टिमका संयोजक रहेका खत्रीले गत असार ३१ गते आफ्नो समूहमाथि कुटपिट भएको भन्दै पत्रकार सम्मेलन गरेका थिए। रूपन्देही-२ निर्वाचन क्षेत्रीय कमिटी सदस्य विक्रम तिवारीको समूहले कुटपिट गरेको बताए पनि उक्त घटनामा खत्री नै दोषी देखिएको भन्दै रास्वपाले कारबाहीस्वरूप तीन महिना निलम्बन गर्ने निर्णय गरेको हो।

बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काको निलम्बन भने फुकुवा गरिएको महामन्त्रीसमेत रहेका ढकालले बताएका छन्। उनीमाथि बझाङकै एक पत्रकारलाई कुटपिट गरेको आरोप लागेको थियो। त्यसमा उनको दोष नदेखिएको ढकालले बताए।

बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ। त्यस्तै पार्टीका विभागको सदस्य र पदाधिकारी बन्न आवश्यक मापदण्डसमेत तोकेको छ।

बैठकले नीति तथा विचार प्रतिनिधिमण्डलका सदस्यहरूलाई स्थलगत अध्ययन गर्न गाउँ पठाउने र उनीहरूको भ्रमण खर्चसमेत स्वीकृत गरिएको प्रवक्ता ढकालले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा