"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् अवरोध हटाउन शिर्ष नेतृत्व सहित सचेतकहरु छलफलमा

प्रकाशित मिति :  7 August, 2023 12:49 pm


काठमाडौँ । सभामुख देवराज घिमिरेले शीर्ष नेतासँग छलफल गरिरहेका छन्। सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको छलफल सुरु भएको हो।

सदनको अवरोध हटाउन र संसदीय समितिका सभापतिको निर्वाचनबारे छलफल गर्न शीर्ष नेताहरूलाई बोलाएको सभामुखको सचिवालयले जनाएको छ। साउन १० गते बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख विपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै अवरोध गर्‍यो। त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो।

आइतबार पनि सभामुखले सिंहदरबारमा प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय