"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुन प्रकरण : तथ्य र प्रमाणले दोषी देखिए कोही पनि उम्कदैन

प्रकाशित मिति :  8 August, 2023 7:37 pm


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तथ्य र प्रमाणले दोषी देखिए कोही पनि उम्कन नपाउने बताएका छन्। मंगलबारको संसद् बैठकमा सांसदहरूले उठाएको प्रश्नको जबाफ दिँदै उनले दोषीहरू कोही पनि उम्कन नपाउने बताएका हुन्।

‘माओवादी वा कुनै पार्टी होस् तथ्य प्रमाणले दोषी देखाउँछ भने कोही छुट्नेवाला छैनन्, कोही उम्कन पाउँदैनन्,’ उनले भने, ‘अनुसन्धानलाई स्वच्छ र निष्पक्ष ढंगले तथ्य प्रमाणका आधारमा अन्तिम निष्कर्षमा पुर्‍याउन प्रहरी प्रशासनलाई निर्देशन दिएका छौँ।’

यस्तै उनले दोषीलाई कारबाहीको दायरामा ल्याइएको भन्दै यसमा शंका नगर्न पनि सदनमा अनुरोध गरे। सुशासन, समृद्धि र सामाजिक न्याय केन्द्रीय कार्यभार भएकाले सोहीअनुसार सरकार अगाडि बढिरहेको उनको दाबी छ।

‘सुराकी खर्चको दुरुपयोग निस्तेज गर्‍यौँ। नक्कली भुटानी शरणार्थी, ललिता निवासको जग्गा हिनामिनाको विषयमा अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याएका छौँ,’ उनले भने, ‘मिटरब्याजीको समस्या समाधानका लागि कानुन ल्यायौँ। यसरी सुशासन र सामाजिक न्यायका निम्ति काम गरिरहेका छौँ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।