"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुन प्रकरण : तथ्य र प्रमाणले दोषी देखिए कोही पनि उम्कदैन

प्रकाशित मिति :  8 August, 2023 7:37 pm


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तथ्य र प्रमाणले दोषी देखिए कोही पनि उम्कन नपाउने बताएका छन्। मंगलबारको संसद् बैठकमा सांसदहरूले उठाएको प्रश्नको जबाफ दिँदै उनले दोषीहरू कोही पनि उम्कन नपाउने बताएका हुन्।

‘माओवादी वा कुनै पार्टी होस् तथ्य प्रमाणले दोषी देखाउँछ भने कोही छुट्नेवाला छैनन्, कोही उम्कन पाउँदैनन्,’ उनले भने, ‘अनुसन्धानलाई स्वच्छ र निष्पक्ष ढंगले तथ्य प्रमाणका आधारमा अन्तिम निष्कर्षमा पुर्‍याउन प्रहरी प्रशासनलाई निर्देशन दिएका छौँ।’

यस्तै उनले दोषीलाई कारबाहीको दायरामा ल्याइएको भन्दै यसमा शंका नगर्न पनि सदनमा अनुरोध गरे। सुशासन, समृद्धि र सामाजिक न्याय केन्द्रीय कार्यभार भएकाले सोहीअनुसार सरकार अगाडि बढिरहेको उनको दाबी छ।

‘सुराकी खर्चको दुरुपयोग निस्तेज गर्‍यौँ। नक्कली भुटानी शरणार्थी, ललिता निवासको जग्गा हिनामिनाको विषयमा अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याएका छौँ,’ उनले भने, ‘मिटरब्याजीको समस्या समाधानका लागि कानुन ल्यायौँ। यसरी सुशासन र सामाजिक न्यायका निम्ति काम गरिरहेका छौँ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा