"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सभा बैठकमा पनि एमालेको अवरोध कायमै

प्रकाशित मिति :  9 August, 2023 3:13 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले राष्ट्रिय सभाको बुधबारको बैठक पनि अवरुद्ध गरेको छ । एमालेका सांसदहरूले राष्ट्रिय सभाको बैठकको कार्यसूचीमा प्रवेश गर्ने क्रममा सिटबाट उभिएर अवरुद्ध गरेका हुन् ।

राष्ट्रिय सभामा सांसदहरू सिटबाट उभिएपछि कार्यसूची अगाडि नबढाउने अभ्यास छ । एमालेले बुधबार प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको थियो । प्रतिनिधिसभामा भने एमालेका सांसदहरू वेलमा गएर नाराबाजी गरेका थिए ।

साउन २ मा राजश्व विभागले क्विन्टल सुन बरामद गरेको विषयमा उच्चस्तरीय छानबिन समिति माग गर्दै एमालेले संसद् अवरोध गर्दै आएको छ । उसले प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकहरू साउन १० यता चल्न दिएको छैन ।

राष्ट्रिय सभाको बैठकमा एमाले सांसद कुमार दसौदीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवै जना संलग्न रहेको आरोप लगाएका थिए । उनले भने, ‘हाम्रो संसद् अवरुद्ध पार्ने कुनै मनसाय छैन । तर, सरकार सुन तस्करी छानबिनका लागि तयार हुनुपर्छ । देश र जनताको हीतका लागि त्यो छानविन समिति आवश्यक छ । हामीलाई यो प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै गम्भीर आशंका छ । त्यसैले छानबिन समिति गठन गर्ने माग गर्नु परेको हो । तर, सरकार डराइरहेको छ ।’

एमाले सांसद विमला पौड्याल राईले प्रतिपक्षको माग पूरा गरेर संसद् चलाउनुपर्ने बताइन् । उनले भनिन्, ‘सरकारको काम सदनलाई उपयुक्त बिजनेस दिनु हो। सदनमा प्रतिपक्षको कुनै माग हुन्छ भने त्यो प्रतिपक्षसँग बसेर, कुरा सुनेर, माग पूरा गरेर सदनलाई अगाडि बढ्न दिनुपर्‍यो ।’ प्रतिपक्षले विश्वास गरेको छैन भने उच्चस्तरीय समिति गठन गरे सरकारलाई घाटा नहुने उनको तर्क थियो ।

राष्ट्रिय सभाको बैठक साउन २६ गते शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको