"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिसंग सभामुख र राष्ट्रिय सभा अध्यक्षको भेटवार्ता

प्रकाशित मिति :  11 August, 2023 11:03 am


काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान सभामुख र राष्ट्रिय सभा अध्यक्षले शितल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले सभामुख र राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको जानकारी दिए।‘आज बिहान १० बजेदेखि आधा घन्टा उहाँहरूबीच भेटवार्ता भएको हो,’ उनले भने, ‘संसदमा जारी अवरोधबारे छलफल भएको छ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै लगातार सदन अवरोध गर्दै आएको छ।राष्ट्रपति पौडेलले सभामुख र राष्ट्रिय सभा अध्यक्षसँग सदनको अवरोध खुलाउन भएका पहलबारे जानकारीसमेत लिएका छन्।

साथै सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट सहयोगको पनि सभामुख र राष्ट्रिय सभा अध्यक्षले अपेक्षा राखेका छन्। यसैबीच राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार अपराह्न शितल निवासमा भेटवार्ता भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता