"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिसंग सभामुख र राष्ट्रिय सभा अध्यक्षको भेटवार्ता

प्रकाशित मिति :  11 August, 2023 11:03 am


काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान सभामुख र राष्ट्रिय सभा अध्यक्षले शितल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले सभामुख र राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको जानकारी दिए।‘आज बिहान १० बजेदेखि आधा घन्टा उहाँहरूबीच भेटवार्ता भएको हो,’ उनले भने, ‘संसदमा जारी अवरोधबारे छलफल भएको छ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै लगातार सदन अवरोध गर्दै आएको छ।राष्ट्रपति पौडेलले सभामुख र राष्ट्रिय सभा अध्यक्षसँग सदनको अवरोध खुलाउन भएका पहलबारे जानकारीसमेत लिएका छन्।

साथै सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट सहयोगको पनि सभामुख र राष्ट्रिय सभा अध्यक्षले अपेक्षा राखेका छन्। यसैबीच राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार अपराह्न शितल निवासमा भेटवार्ता भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय