"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसिया कपका लागि नेपाली टिम घोषणा, को को परे टिममा

प्रकाशित मिति :  14 August, 2023 10:05 pm


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप क्रिकेटका लागि टिम घोषणा गरेको छ। यही अगस्ट ३० तारिखदेखि पाकिस्तानमा हुने एसिया कपका लागि क्यानले सोमबार १७ सदस्यीय टिम घोषणा गरेको हो।

रोहित पौडेलको कप्तानीमा आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरीलगायत छन्। त्यस्तै सन्दिप लामिछाने, करन केसी, गुल्शन झा, आरिफ शेख, सोमपाल कामी, प्रतीस जीसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाल टिममा छन्।

नेपाली टिम यही अगस्ट २२ तारिखमा पाकिस्तान पुग्ने तय यसअघि नै गरिएको छ। ३० अगस्टमा नेपाल र पाकिस्तानबीच उद्घाटन खेल हुने भए पनि अभ्यास खेलका लागि नेपाली टिम एक साताअघि नै पाकिस्तान पुग्नेछ।

एसिया कपमा नेपाल, पाकिस्तान र भारत एउटा समूहमा छन्। ६ टिमको सहभागिता रहेको प्रतियोगितामा श्रीलंका, बंगलादेश र अफगानस्तान अर्को समूहमा छन्। प्रतियोगिताका भारतीय टिमसँगका खेल श्रीलंकामा हुनेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको