"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसिया कपका लागि नेपाली टिम घोषणा, को को परे टिममा

प्रकाशित मिति :  14 August, 2023 10:05 pm


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप क्रिकेटका लागि टिम घोषणा गरेको छ। यही अगस्ट ३० तारिखदेखि पाकिस्तानमा हुने एसिया कपका लागि क्यानले सोमबार १७ सदस्यीय टिम घोषणा गरेको हो।

रोहित पौडेलको कप्तानीमा आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरीलगायत छन्। त्यस्तै सन्दिप लामिछाने, करन केसी, गुल्शन झा, आरिफ शेख, सोमपाल कामी, प्रतीस जीसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाल टिममा छन्।

नेपाली टिम यही अगस्ट २२ तारिखमा पाकिस्तान पुग्ने तय यसअघि नै गरिएको छ। ३० अगस्टमा नेपाल र पाकिस्तानबीच उद्घाटन खेल हुने भए पनि अभ्यास खेलका लागि नेपाली टिम एक साताअघि नै पाकिस्तान पुग्नेछ।

एसिया कपमा नेपाल, पाकिस्तान र भारत एउटा समूहमा छन्। ६ टिमको सहभागिता रहेको प्रतियोगितामा श्रीलंका, बंगलादेश र अफगानस्तान अर्को समूहमा छन्। प्रतियोगिताका भारतीय टिमसँगका खेल श्रीलंकामा हुनेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार