"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इंग्ल्याण्डलाई पराजित गर्दै स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि

प्रकाशित मिति :  20 August, 2023 6:50 pm


काठमाडौँ । फिफा महिला विश्वकपले नयाँ विजेता पाएको छ। आज भएको फाइनल खेलमा युरोपियन च्याम्पियन इंग्ल्याण्डलाई पराजित गर्दै स्पेनले पहिलोपटक फिफा महिला विश्वकपको उपाधि पक्का गरेको हो। आज स्पेनले जित निकालेसँगै नवौँ संस्करणको महिला विश्वकपले पनि नयाँ च्याम्पियन पायो। त्यसो त इंग्ल्याण्ड पनि पहिलोपटक विश्वकपको फाइनल पुगेको टिम हो।

सिड्नीको स्टेडियममा आइतबार भएको फाइनलमा स्पेनले इंल्याण्डलाई १–० गोलले पराजित गर्‍यो। खेलको २९ औं मिनेटमा कप्तान ओल्गा कामोनाले गरेको गोल र्नै स्पेनका लागि निर्णायक बन्यो। खेलको ६९ औँ मिनेटमा जेनिफर हमोसोले हानेको पेनाल्टी प्रहार इंग्ल्याण्डकी गोलरक्षक मेरी इयपयर्सले सहजै बचाइन्।

पेनाल्टी एरियामा ह्याण्ड भएपछि स्पेनले पेनाल्टीको मौका पाएको थियो। खेलको ४९ औं मिनेटमा मारियोना क्याल्डेन्टीको प्रहार इंग्ल्याण्डकी गोलरक्षकले जोगाउँदा अग्रता दोब्बर पार्ने मौका गुमायो। यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई तथा नर्वे र जापानले समान एक पटक यो उपाधि उचालेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको