"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इंग्ल्याण्डलाई पराजित गर्दै स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि

प्रकाशित मिति :  20 August, 2023 6:50 pm


काठमाडौँ । फिफा महिला विश्वकपले नयाँ विजेता पाएको छ। आज भएको फाइनल खेलमा युरोपियन च्याम्पियन इंग्ल्याण्डलाई पराजित गर्दै स्पेनले पहिलोपटक फिफा महिला विश्वकपको उपाधि पक्का गरेको हो। आज स्पेनले जित निकालेसँगै नवौँ संस्करणको महिला विश्वकपले पनि नयाँ च्याम्पियन पायो। त्यसो त इंग्ल्याण्ड पनि पहिलोपटक विश्वकपको फाइनल पुगेको टिम हो।

सिड्नीको स्टेडियममा आइतबार भएको फाइनलमा स्पेनले इंल्याण्डलाई १–० गोलले पराजित गर्‍यो। खेलको २९ औं मिनेटमा कप्तान ओल्गा कामोनाले गरेको गोल र्नै स्पेनका लागि निर्णायक बन्यो। खेलको ६९ औँ मिनेटमा जेनिफर हमोसोले हानेको पेनाल्टी प्रहार इंग्ल्याण्डकी गोलरक्षक मेरी इयपयर्सले सहजै बचाइन्।

पेनाल्टी एरियामा ह्याण्ड भएपछि स्पेनले पेनाल्टीको मौका पाएको थियो। खेलको ४९ औं मिनेटमा मारियोना क्याल्डेन्टीको प्रहार इंग्ल्याण्डकी गोलरक्षकले जोगाउँदा अग्रता दोब्बर पार्ने मौका गुमायो। यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई तथा नर्वे र जापानले समान एक पटक यो उपाधि उचालेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार