"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  27 February, 2022 6:35 pm


काठमाडौं । पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । पूर्वसचिव समेत रहेका श्रेष्ठले पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।

अख्तियारले उनीमाथि ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ बिगो दावी गरेको छ । श्रेष्ठ शिक्षक पदबाट १८ चैत २०२६ सालमा सेवामा प्रवेश गरी २६ कात्तिक २०३६ मा शाखा अधिकृत पदमा नियुक्त भएका थिए ।

विभिन्न मितिमा पदोन्नति हुँदै सचिव पदमा बढुवा भई ८ माघ २०६४ मा अनिवार्य अवकाश पाएका श्रेष्ठ ६ कात्तिक २०६९ देखि २९ माघ २०७० सम्म पर्यटन, शान्ति तथा खेलकुद मन्त्रीसमेत भएका थिए ।

श्रेष्ठ सार्वजनिक सेवा प्रवेश गरेको अवधिलाई जाँच अवधि कायम गरी सो अवधिको आयव्ययको विश्लेषण गर्दा कुल आय आर्जन ६ करोड ९० लाख १६ हजार ६२७ देखिएको आयोगको आरोप पत्रमा उल्लेख छ । जसमध्ये उनको खर्च ९व्यय० ११ करोड ३५ लाख ४४ हजार २९४ देखिन्छ । खर्च कटाएर बाँकी रहेको ४ करोड ४५ लाख २७ हजार ६६६ बराबरको सम्पत्तिको स्रोत खुल्न नआएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

श्रेष्ठ शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव (विशिष्ट श्रेणी) तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रालयको मन्त्री जस्तो सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफनो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको अख्तियारको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार