"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  27 February, 2022 6:35 pm


काठमाडौं । पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । पूर्वसचिव समेत रहेका श्रेष्ठले पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।

अख्तियारले उनीमाथि ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ बिगो दावी गरेको छ । श्रेष्ठ शिक्षक पदबाट १८ चैत २०२६ सालमा सेवामा प्रवेश गरी २६ कात्तिक २०३६ मा शाखा अधिकृत पदमा नियुक्त भएका थिए ।

विभिन्न मितिमा पदोन्नति हुँदै सचिव पदमा बढुवा भई ८ माघ २०६४ मा अनिवार्य अवकाश पाएका श्रेष्ठ ६ कात्तिक २०६९ देखि २९ माघ २०७० सम्म पर्यटन, शान्ति तथा खेलकुद मन्त्रीसमेत भएका थिए ।

श्रेष्ठ सार्वजनिक सेवा प्रवेश गरेको अवधिलाई जाँच अवधि कायम गरी सो अवधिको आयव्ययको विश्लेषण गर्दा कुल आय आर्जन ६ करोड ९० लाख १६ हजार ६२७ देखिएको आयोगको आरोप पत्रमा उल्लेख छ । जसमध्ये उनको खर्च ९व्यय० ११ करोड ३५ लाख ४४ हजार २९४ देखिन्छ । खर्च कटाएर बाँकी रहेको ४ करोड ४५ लाख २७ हजार ६६६ बराबरको सम्पत्तिको स्रोत खुल्न नआएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

श्रेष्ठ शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव (विशिष्ट श्रेणी) तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रालयको मन्त्री जस्तो सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफनो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको अख्तियारको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा

काठमाडौं – निर्वाचन आयोगले मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) का लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका