"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राजनीतिक सक्रियता देखाएको भन्दै राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित

प्रकाशित मिति :  22 August, 2023 12:08 pm


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक सम्पन्न भएको छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु भने सहभागी छैनन् ।

राष्ट्रपति राजनीतिक रुपमा सक्रिय जस्तो देखिएकाले बैठकमा नगएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । ‘संसदको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीले नै पहल गरिराख्नु भएको छ । फेरि त्यही विषयमा राष्ट्रपतिले किन सक्रियता देखाउनुपर्यो ? भनेर हामी गएनौं,’ उनले भने ।

सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेदेखि संसद अवरुद्ध गर्न थालेपछि राष्ट्रपतिले त्यसमा चासो राख्दै आएका छन् ।

संसदको अवरोध खुलाउन पहल गर्दै आएका राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक सक्रियता नदेखाएको स्पष्ट पारेका छन् । आज शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा उनले संविधानले दिएको जिम्मेवारीबारे जानकार रहेको भन्दै राष्ट्रको चिन्ता लागेर छलफलमा बोलाएको बताए ।

यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसँग शीतल निवासमा छलफल गरेका थिए । यही क्रममा आज उनले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएका हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बैठकमा संसद अवरोध खुलाउन भइरहेको प्रयास र समसामयिक राजनीतिबारे जानकारी लिने-दिने काम हुने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय