"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुशासन र समृद्धिका लागि राष्ट्रिय सहमतिमा जोड दिएको छु : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  27 August, 2023 7:02 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सदैव राष्ट्रिय सहमतिमा जोड दिएको बताए। मुलुकलाई स्थिरता, स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुको विकल्प नरहेको उल्लेख गर्दै उनले त्यसका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्ने प्रयास आफूले गरिरहेको बताए।

आइतबार ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीको निवास उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले पनि आफ्नो क्षेत्रमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि बढाउने विश्वाससमेत व्यक्त गरे।

ललिता निवास प्रकरणको सबै अभियोजन सरकारी वकिलको कार्यालयमा बुझाएको स्मरण गर्दै उनले आजको दिनलाई आफूले सुशासनको पक्षमा एक कदम अगाडि बढेको दिनको रुपमा लिएको पनि बताए। त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले भवनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको चित्र प्रस्तुत गरेको भन्दै त्यसमा सबैले गर्वको महशुस गर्नुपर्ने बताए।

उनले भने, ‘‘प्रदेशहरु र स्थानीय जनप्रतिनिधिले पनि आ–आफ्नो कार्यक्षेत्र भित्र सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रालाई अगाडि बढाउने छन् भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु। यो पटक हामीलाई स्थिरता, स्थायित्वको साथै समृद्धिको र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प छैन। मैले यो पक्षमा एउटा समझदारी बनाएर, राष्ट्रिय सहमति बनाएर अगाडि जाने प्रयास गर्दै आएको छु। आजको दिन, कस्तो दिन पनि परेको महसुस गरेँ भने ललिता निवास प्रकरणको सबै अभियोजन आज सरकारी वकिल कार्यालयमा बुझाएको दिन परेको छ। सुशासनको पक्षमा हामी एक कदम अगाडि बढ्ने दिन पनि भन्न सकिन्छ।’’

प्रधानमन्त्री प्रचण्डले प्रदेशको कामकारवाहीलाई अझ बढी प्रभावकारी बनाउन पनि प्रदेश प्रमुख र मुख्यमन्त्रीको निवास उपयोगी हुने विश्वास व्यक्त गरे। संघीयतामाथि प्रश्न उठाउनेलाई पनि सो निवास निर्माणले बलियो जवाफ दिएको उल्लेख गर्दै उनले संघीयताको संस्थागत विकासमा पनि यसले योगदान पुर्‍याएको बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘यो हाम्रा प्रदेशलाई प्रभावकारी बनाउने कुरासँग सम्बन्धित छ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा बेला मौकामा केही मानिसले प्रश्न उठाउने गर्छन्। त्यसको एउटा जवाफ यो हो जस्तो पनि लागेको छ। भवनको उद्घाटन गर्दैगर्दा, साँचो हस्तान्तरण गर्दैगर्दा, प्रदेश प्रमुखजी र मुख्यमन्त्रीजीलाई मैले एक कदम भए पनि संघीयको संस्थागत गर्ने क्रममा चाहिँ यो हामी अगाडि बढेका छौँ भन्ने मैले महसुस गरेको छु। अब यहाँ रहेर प्रदेश प्रमुख र मुख्यमन्त्रीले आफ्नो जिम्मेवारी र कार्यभारालाई अझ प्रभावकारी ढंगले, अझ सफलताका साथ सम्पन्न गर्नुहुनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु।’’

प्रधानमन्त्री दाहालले संघीय मन्त्रीको निवासको कामले पनि केही महिनाभित्रै पूर्णता पाउने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुसार, विभिन्न १

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा अध्यादेश जारी गरेका छन्। उनले शनिबार एकैपटक तीनवटा अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारबाट सिफारिस भएकामध्ये उनले तेस्रो अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति पौडेलले

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । उनले सरकारले सिफारिस गरेका ६ मध्ये यी दुई