"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काल्पनिक प्रेम

प्रकाशित मिति :  31 August, 2023 8:11 pm


त्यो मौसम, त्यो बादल, त्यो बस्ती त्यो गाउँ
मलाई तिम्रै मन्द मुस्कान प्यारो लाग्छ ।
मिजासिलो अनुहार, घुमाउरो त्यो बस्ती
मलाई घुमेको तिम्रै कर्ली कपाल प्यारो लाग्छ ।

मेरा ती गल्तिहरूमा तिम्रो त्यो अपनत्व
मेरो हात तिमिले थामिदिदा म नै तिमी लाग्छ ।
निधारको टीका र आफ्नै पनको आभास
एक्लै भएर एकान्त चाहदा तिमिनै मेरो एकान्तको फुलबारी लाग्छ ।

सबैले साथ छोडेर गए पनि
तिम्रो साथले मलाई दुरि भएपनि नजिक पारिरहन्छ ।
गन्जागोल यो कङ्कृडको जङ्गल भन्दा
मलाई त्यही गाउँनै आफ्नो लाग्छ ।

मेरि मनकी रानी तिमी जिन्दगीकि सहारा
ममताकी खानी तिमी मनहरूकी धनी
मेरि प्यारी रानी तिमी वसन्तकी खानी
फूलहरूकी रानी तिमी मेरो जिन्दगानी ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘मदनकृष्ण’ बन्ने भएको छ। उक्त फिल्ममा अभिनेता श्रेष्ठसँगै मह सञ्चारसँग जोडिएका किरण केसी, राजाराम

काठमाडौं – मधुपर्क सम्मान २०८३ बाट तीन जना वरिष्ठ साहित्यकार सम्मानित भएका छन् । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ