काल्पनिक प्रेम
त्यो मौसम, त्यो बादल, त्यो बस्ती त्यो गाउँ
मलाई तिम्रै मन्द मुस्कान प्यारो लाग्छ ।
मिजासिलो अनुहार, घुमाउरो त्यो बस्ती
मलाई घुमेको तिम्रै कर्ली कपाल प्यारो लाग्छ ।
मेरा ती गल्तिहरूमा तिम्रो त्यो अपनत्व
मेरो हात तिमिले थामिदिदा म नै तिमी लाग्छ ।
निधारको टीका र आफ्नै पनको आभास
एक्लै भएर एकान्त चाहदा तिमिनै मेरो एकान्तको फुलबारी लाग्छ ।
सबैले साथ छोडेर गए पनि
तिम्रो साथले मलाई दुरि भएपनि नजिक पारिरहन्छ ।
गन्जागोल यो कङ्कृडको जङ्गल भन्दा
मलाई त्यही गाउँनै आफ्नो लाग्छ ।
मेरि मनकी रानी तिमी जिन्दगीकि सहारा
ममताकी खानी तिमी मनहरूकी धनी
मेरि प्यारी रानी तिमी वसन्तकी खानी
फूलहरूकी रानी तिमी मेरो जिन्दगानी ।