"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसिया कप : भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द

प्रकाशित मिति :  2 September, 2023 11:12 pm


एजेन्सी । एसिया कप २०२३ को बहुप्रतिक्षित भिडन्तमा भारत र पाकिस्तानबीचको खेल रद्द भएको छ।  भारतले दिएको २६७ रनको लक्ष्यमा पाकिस्तानले ब्याटिङ थल्न नपाउँदै खेल वर्षाका कारण रद्द भएको हो। समूह ‘ए’ को यो खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक बाँडेका छन्।

अघिल्लो खेलमा नेपाललाई हराएको पाकिस्तान सुपर फोरमा पुगेको छ। अब नेपाल र भारतबीच सोमबार हुने खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। नेपाल र भारतबीचको खेलको विजेता सुपर फोरमा पुग्नेछ। त्यसअघि श्रीलंकाको पल्लेकेलेमा टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८.५ ओभरमा २६६ रनमा अलआउट भयो। भारतका लागि मध्यक्रमका ब्याट्सम्यानद्वय इशान किसन र हार्दिक पाण्ड्याले अर्धशतक प्रहार गरे। इशानले ८१ बलमा ८२ रन र पाण्ड्याले ९० बलमा ८७ रन जोडे। 

त्यसअघि ओपनरद्वय रोहित शर्मा ११ रन र शुभमन गिल १० रनमा आउट भए। रोहितलाई पाकिस्तानका शाहीन शाह अफ्रिदीले बोल्ड गर्दा गिललाई हरिस रउफले बोल्ड नै गरे।  त्यस्तै विराट कोहलीलाई अफ्रिदीले बोल्ड गरेका थिए। श्रेयष अय्यरलाई रउफले फखर जमानबाट क्याए। यसरी पाकिस्तानले  १५ ओभर चल्दै गर्दा भारतका शीर्ष चार ब्याट्सम्याटको विकेट लिएको थियो। त्यतिबेला भारतले ६६ रन जोडेको थियो। 

त्यसपछि इशान र पाण्ड्याबीच पाँचौ विकेटका लागि १४६ रनको साझेदारी भयो। बलिङमा पाकिस्तानका अफ्रिदीले ४ विकेट लिए भने नशीम शाहले ३ विकेट हात पारे। रउफले पनि ३ विकेट नै आफ्नो नाममा लेखाए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको