"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसिया कप : भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द

प्रकाशित मिति :  2 September, 2023 11:12 pm


एजेन्सी । एसिया कप २०२३ को बहुप्रतिक्षित भिडन्तमा भारत र पाकिस्तानबीचको खेल रद्द भएको छ।  भारतले दिएको २६७ रनको लक्ष्यमा पाकिस्तानले ब्याटिङ थल्न नपाउँदै खेल वर्षाका कारण रद्द भएको हो। समूह ‘ए’ को यो खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक बाँडेका छन्।

अघिल्लो खेलमा नेपाललाई हराएको पाकिस्तान सुपर फोरमा पुगेको छ। अब नेपाल र भारतबीच सोमबार हुने खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। नेपाल र भारतबीचको खेलको विजेता सुपर फोरमा पुग्नेछ। त्यसअघि श्रीलंकाको पल्लेकेलेमा टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८.५ ओभरमा २६६ रनमा अलआउट भयो। भारतका लागि मध्यक्रमका ब्याट्सम्यानद्वय इशान किसन र हार्दिक पाण्ड्याले अर्धशतक प्रहार गरे। इशानले ८१ बलमा ८२ रन र पाण्ड्याले ९० बलमा ८७ रन जोडे। 

त्यसअघि ओपनरद्वय रोहित शर्मा ११ रन र शुभमन गिल १० रनमा आउट भए। रोहितलाई पाकिस्तानका शाहीन शाह अफ्रिदीले बोल्ड गर्दा गिललाई हरिस रउफले बोल्ड नै गरे।  त्यस्तै विराट कोहलीलाई अफ्रिदीले बोल्ड गरेका थिए। श्रेयष अय्यरलाई रउफले फखर जमानबाट क्याए। यसरी पाकिस्तानले  १५ ओभर चल्दै गर्दा भारतका शीर्ष चार ब्याट्सम्याटको विकेट लिएको थियो। त्यतिबेला भारतले ६६ रन जोडेको थियो। 

त्यसपछि इशान र पाण्ड्याबीच पाँचौ विकेटका लागि १४६ रनको साझेदारी भयो। बलिङमा पाकिस्तानका अफ्रिदीले ४ विकेट लिए भने नशीम शाहले ३ विकेट हात पारे। रउफले पनि ३ विकेट नै आफ्नो नाममा लेखाए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार