"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  3 September, 2023 2:59 pm


काठमाडौं । दानमा पाएको जग्गा किनेको भनेर गाउँपालिकाबाट रकम भुक्तानी गरेको आरोपमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दान गरेको जग्गा किनेको भनी ६ लाख रुपैयाँ भुक्तानी दिएको आरोपमा भण्डारीसँगै वडा नं २ का पूर्ववडाध्यक्ष रमेशकुमार बस्नेत र तत्कालिन लेखापाल जीवन सुवेदीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

वडा नं २ को भवन निर्माणका लागि दानपत्रमार्फत निशुल्क जग्गा प्राप्त गरेपछि त्यस जग्गालाई किनेको भनेर ६ लाख रुपैयाँ भुक्तानी दिलाउन उनीहरुको भूमिका देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार