"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसिया कप : भारतसँग १० विकेटले पराजित हुँदै बाहिरियो नेपाल

प्रकाशित मिति :  5 September, 2023 12:01 am


काठमाडौँ । एसिया कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा डीएलएस मेथडअनुसार २३ ओभरमा झारिएको खेलमा भारतले नेपाललाई १० विकेटले हराएको हो । भारतले २०.१ ओभरमै १४५ रनको लक्ष्य पूरा गर्‍यो ।

जितसँगै भारत समूह ‘ए’ बाट सुपर-४ मा प्रवेश गरेको छ । नेपाल बुधबार प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो भने सोमबार भारत र पाकिस्तानको खेल वर्षाले अवरुद्ध पारेको थियो । पाकिस्तान यसअघि नै समूह ‘ए’ बाट सुपर-४ मा प्रवेश गरिसकेको छ ।

भारतका लागि ओपनरद्वय रोहित शर्मा र शुभमन गिलले उत्कृष्ट ब्याटिङ गरे । शर्मा र गिलले १२१ बलमा १४७ रनको साझेदारी गरे । अविजित रहँदै कप्तान शर्माले ७४ रन बनाए भने गिलले ६७ रन बनाए । ५९ बल सामना गरेका शर्माले ६ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै ६७ बलमा गिलले ८ चौका र १ छक्का प्रहार गरे ।

वर्षाका कारण २३ ओभरमा झारिएको खेलमा डीएलएस मेथडअनुसार भारतले १४५ रनको लक्ष्य पाएको थियो । यसअघि नेपालले टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको थियो।

कुशल र आसिफले १० ओभरभित्र ६५ रन जोडी नेपाललाई दिलाएको सुरुवातमा मध्यक्रमका ब्याटरले इनिङ्स तानेका थिए । कुशलसहित भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ल छोटो समयमा आउट भए पनि आसिफ शेखले संयमतापूर्वक खेल्दै अर्धशक पूरा गरेका थिए ।

आसिफले ८८ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले ९७ बल खेली ८ चौका प्रहार गर्दै कुल ५८ रन बनाए । मोहम्मद सिराजको बलमा टप एज लागेपछि विराट कोहलीले एक हाते क्याच लिई उनलाई पेभेलियन फर्काएका थिए । कुशल र आसिफ दुवैले १ रनमा जीवनदान पाएका थिए ।कुशल भुर्तेलले २५ बलमा ३८ रन बनाए । अफस्टम्पबाहिर गएको शार्दुल ठाकुरको बलमा छुन खोज्दा विकेटकिपरलाई क्याच दिन पुगेका उनले ३ चौका र २ छक्का प्रहार गरे ।

छैटौं ओभरमा कुशलले सिराजको बलमा गरेको प्रहार मैदानबाहिरको रोड छेउपारि कटेको थियो । ६ रन बनाएपछि कुशलले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो १ हजार रन पूरा गरेका थिए । रोहित र आसिफपछि एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने उनी तेस्रो खेलाडी हुन् ।

भीम सार्कीले १७ बल खेली ७ रन बनाए । रवीन्द्र जडेजाको बल ड्राइभ गर्न खोज्दा उनी स्टम्पआउट भए । कप्तान रोहित पौडेलले ५ रनमात्र बनाउन सके । जडेजाको बलमा उनले स्लिपमा भारतीय कप्तान रोहित शर्मालाई क्याच दिन पुगे ।कुशल मल्लले पुनः एक पटक निराश बनाए । जडेजाको बलमा उनले २ रनमा मिड अनमा सजिलो क्याच दिए ।गुल्शन झाले ३५ रन बनाउँदै आसिफलाई राम्रो साथ दिए । उनले ३ चौका प्रहार गरेका थिए ।

दीपेन्द्रले पनि उपयोगी २९ रन बनाए । उनले २५ बल खेल्दै ३ चौका प्रहार गरे ।सोमपाल कामीको ४८ रनमा नेपालले २ सय रनको स्कोरलाई पार गरेको थियो । उनले ५६ बल खेली १ चौका तथा पाण्ड्या र सिराजलाई १–१ छक्का प्रहार गरेका थिए ।सन्दीप लामिछाने ९ रनमा रनआउट भए । करण केसी २ रनमा अविजित रहे भने ललित राजवंशी शून्यमा आउट भए । भारतबाट जडेजा र सिराजले ३–३ विकेट लिए ।

जडेजाले १० ओभरमा ४० र सिराजले ९.२ ओभरमा ६१ रन खर्चे । मोहम्मद शामी, पाण्ड्या र शार्दुल ठाकुरको नाममा १–१ विकेट रहयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — फितलो ब्याटिङ गरेको नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी

काठमाडौँ-  आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को पाँचौँ खेलमा नेपालले विश्व क्रिकेटको महारथि इंगल्याण्डलाई अन्तिम बलसम्म जसरी स्तब्ध