"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालले चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ : सभापति देउवा

प्रकाशित मिति :  5 September, 2023 4:54 pm


काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताएका छन्।  मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले दुई देशसँग सन्तुलन कायम गर्नुपर्नेमा उनले जोड दिए। 

सभापति देउवाले देशले अर्को देशसँग साथी बनाउन सक्ने र छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने बताए।  नेपालसँग विद्युत् किन्ने भनेको भारत मात्रै भएकाले नेपालले कि विद्युत् नै बेच्दिनँ भन्नुपर्ने नत्र भारतले भनेका कुराहरूमा सहमति जनाउनुपर्ने बाध्यता रहेको औँल्याए। 

उनले भारतले भनेका कुरा नमान्ने हो भने विद्युत् नकिन्ने हुँदा थोरै लचिलो भएर भए पनि देशहितमा काम गर्नुपर्ने बाध्यता रहेको बताए। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले एक विधेयक प्रमाणीकरण गरेका छन् । प्रतिनिधिसभाबाट पारित भई आएको वैकल्पिक विकास वित्त परिचालन विधेयक-२०८३

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी महाधिवेशनका कारण संघीय संसदको बैठक प्रभावित भएको छ।  प्रतिनिधि सभाको बैठक बिहिबार बिहान

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले २००७ सालयता भएका आन्दोलन र बलिदानीहरूको स्मरण गरेका छन् । आफ्नो राजनीतिक प्रतिवेदनमा उनले २००७,

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताएका छन् । चितवनको भतरपुरमा आजदेखि सुरु