"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसिया कप : पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

प्रकाशित मिति :  15 September, 2023 11:38 am


काठमाडौं । पाकिस्तानलाई पराजित गर्दै श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले पाकिस्तानमाथि डिएलएस मेथडमा २ विकेटको रोमाञ्चक जित हात पारेको हो । यस जितपछि श्रीलंकाले फाइनलमा भारतसँग भेट पक्का गरेको छ । भारत यसअघि नै लगातार दुई खेल जित्दै फाइनल पुगिसकेको छ । पाकिस्तान भने दोस्रो हारपछि सुपर फोरबाट बाहिरिएको छ ।

कोलम्बोस्थित आर प्रेमादाशा क्रिकेट रंगशालामा ४२ ओभरमा छोट्याइएको खेलमा पाकिस्तानले दिएको २५२ रनको लक्ष्य श्रीलंकाले ८ विकेट गुमाएर अन्तिम बलमा पूरा गर्यो । श्रीलंकाका लागि कुशल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ९१ रन बनाए । चरिथ असलंकाले ४७ बलमा ३ चौका र १ छक्काको मद्दतमा नटआउट ४९ रन बनाए । यस्तै सदिरा समाराविक्रमाले ४८, पाथुम निसंका २९ र कुशल परेराले १७ रनमा बनाए ।

पाकिस्तानका इफ्तिखर अहमदले ३, शाहिन शाह अफ्रिदीले २ र शादब खानले १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २५२ रन बनाएको थियो । वर्षाका कारण प्रभावित खेल ४२ ओभरमा घटाइएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र २ छक्काको मद्दतमा नटआउट ८६ रन बनाए । यसैगरी अब्दुल्लाह शफिकले ५२, इफ्तिखर अहमदले ४७, कप्तान बाबर आजमले २९ रन बनाए । श्रीलंकाका लागि मथिशा पथिरानाले ३, प्रमोद मदुशनले २ तथा महेश थिक्क्षना र दुनीथ वेलालगेले १-१ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार