"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहिन, आन्दोलन जारी

प्रकाशित मिति :  21 September, 2023 11:45 am


काठमाडौँ । शिक्षकका समस्या समाधान गर्न बसेको बैठक निष्कर्षविहिन भएको छ । बिहान ८ देखि ९ बजेसम्म, गृह मन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधि मत्री अशोक कुमार राई, शिक्षा सचीव, नेपाल शिक्षक महासंघका अध्यक्ष, हिस्टुनका प्रतिनिधिलगायतबीच बैठक बसेको थियो । तर शिक्षकहरुका माग बुदागत रुपमा सरकार पक्षले पूरा गर्ने सहमति नगरेपछि बैठक निष्कर्षविहिन बन्न पुगेको हो ।

शिक्षकहरुले आफुहरुले उठाएका माग र विधेयक संशोधनमा लिखित सहमति गर्नुपर्ने प्रस्ताव राखेको थिए । तर सरकार पक्ष त्यसमा तत्पर नभएको महासंघले जनाएको छ । बैठकमा शिक्षा मन्त्री अशोक कुमार राइले शिक्षकका माग सरकारले पूरा गर्ने बताए ।  ‘शिक्षकका साझा समस्या पूरा गर्न सरकार पनि कोशिसरत छ, तर शिक्षामा बजेटको कमी छ,  शिक्षकलाई मोटिभेसन हुने गरि सरकारले काम गर्छ ।’

 वार्तामा सहमति नभएपछि शिक्षकहरु अहिले माइतीघरमा आन्दोलनमा सहभागी भएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता