"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहिन, आन्दोलन जारी

प्रकाशित मिति :  21 September, 2023 11:45 am


काठमाडौँ । शिक्षकका समस्या समाधान गर्न बसेको बैठक निष्कर्षविहिन भएको छ । बिहान ८ देखि ९ बजेसम्म, गृह मन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधि मत्री अशोक कुमार राई, शिक्षा सचीव, नेपाल शिक्षक महासंघका अध्यक्ष, हिस्टुनका प्रतिनिधिलगायतबीच बैठक बसेको थियो । तर शिक्षकहरुका माग बुदागत रुपमा सरकार पक्षले पूरा गर्ने सहमति नगरेपछि बैठक निष्कर्षविहिन बन्न पुगेको हो ।

शिक्षकहरुले आफुहरुले उठाएका माग र विधेयक संशोधनमा लिखित सहमति गर्नुपर्ने प्रस्ताव राखेको थिए । तर सरकार पक्ष त्यसमा तत्पर नभएको महासंघले जनाएको छ । बैठकमा शिक्षा मन्त्री अशोक कुमार राइले शिक्षकका माग सरकारले पूरा गर्ने बताए ।  ‘शिक्षकका साझा समस्या पूरा गर्न सरकार पनि कोशिसरत छ, तर शिक्षामा बजेटको कमी छ,  शिक्षकलाई मोटिभेसन हुने गरि सरकारले काम गर्छ ।’

 वार्तामा सहमति नभएपछि शिक्षकहरु अहिले माइतीघरमा आन्दोलनमा सहभागी भएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू