"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टचार मुद्दामा रेग्मीसहित ३६ जनाको सर्वोच्चमा पुनरावेदन

प्रकाशित मिति :  21 September, 2023 6:19 pm


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीपा रेग्मीसहित ३६ जनाको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार नक्कली बिल भरपाई बनाई सरकारी रकम हिनामिना गरेर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतको फैसला चित्त नबुझेका कारण सो मुद्दा बिहीबार पुनरावेदन गरिएको छ ।

आयोगले गरिबी निवारण ऐन, २०६३ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा गठित सञ्चालक समितिले कोषको सञ्चालन गर्ने व्यवस्था गरेको देखिने भन्दै मुद्दा पुनरावेदनका आधारहरू उल्लेख गरेको छ ।

गरिबी निवारण ऐन, २०६३ को दफा ५ अनुसार सामाजिक परिचालनका माध्यमबाट गरिब व्यक्ति, परिवार वा समुदायको आर्थिक तथा सामाजिक स्तर उठाउने उद्देश्यको राखेको समेत बताउँदै कोषबाट रकम भुक्तानी लिने दिने क्रममा आर्थिक वर्ष २०६६/६७ देखि २०६८/६९ सम्मको अवधिमा भ्रष्टाचार भएको आधार तथा प्रमाण पुष्टि भएको ब्यहोरा आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले भ्रमण तथा कार्यक्रममा भएका खर्चका विल, करकट्टी, गाडीभाडा भुक्तानी, भ्रमण खर्चलगायत प्रतिवादी हकमा छुट्टा–छुट्टै आधार उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द