"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

प्रकाशित मिति :  22 September, 2023 2:43 pm


काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ ।

सङ्क्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थियो । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

भेटमा राष्ट्रपति बाइडेनकी श्रीमती जिल ज्याकोब र प्रधानमन्त्रीकी छोरी गंगा दाहाल सहभागी थिए । राष्ट्रपतिसँग भेट हुँदा प्रधानमन्त्री दाहालले नेपाली पोशाक दौरा सुरुवाल र भादगाउँले टोपी लगाएका थिए ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्