"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निज्जर हत्याकाण्डमा भारतलाई विशेष छुट नहुने अमेरिकाको स्पष्टता

प्रकाशित मिति :  24 September, 2023 11:36 am


एजेन्सी । क्यानडामा मारिएका पृथकतावादी शिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारका एजेन्टको हात भएको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दाबी गरेका छन्। भारतीय अधिकारीहरूले ट्रुडो आरोपलाई खण्डन गरेका छन्। क्यानडाको छिमेकी संयुक्त राज्य अमेरिकाले भने यो मुद्दामा भारतलाई विशेष छुट नहुने बताएको छ।

समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले यो मुद्दाले अमेरिकालाई चिन्तित बनाएको उल्लेख गर्दै घटनालाई गम्भीरतापूर्वक लिएको र कुन देश संलग्न छ भन्ने नहेरी सिद्धान्तमा आधारित भएर काम गर्ने बताएका छन्। ह्वाइटहाउसमा संवाददातासँग कुरा गर्दै सुलिभनले भनेका छन्- यस्ता विषयमा कसैलाई पनि विशेष छुट हुँदैन। जुनसुकै मुलुक भए पनि हामी आधारभूत मान्यताको रक्षा गर्न उभिनेछौं र क्यानडालगायत मित्र मुलुकसँग उनीहरूको कानुन कार्यान्वयन र कूटनीतिक प्रक्रियाबारे गहिरो छलफल गर्नेछौं।

निज्जर हत्याको विषयमा आफूहरू क्यानडाका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र भारतका अधिकारीसँग पनि कुरा गरिरहेको सुलिभनले बताए। अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केनले पनि यो प्रकरणको अनुसन्धानमा भारतले क्यानडालाई सघाउनु पर्ने बताएका छन्। यसैबीच अमेरिकी गुप्तचरहरूले निज्जरको हत्यापछि सूचनाहरू क्यानडा सरकारलाई उपलब्ध गराएको खुलेको छ।

द न्युयोर्क टाइम्सका अनुसार अमेरिकी गुप्तचरहरूले दिएका सूचनाले क्यानडाका अधिकारीहरूलाई निज्जरको हत्यामा भारतीय सरकारका एजेन्टको हात रहेको निष्कर्षमा पुगेका सजिलो भएको हो। उक्त निष्कर्षका ठोस प्रमाण भने क्यानडाका अधिकारीहरूले आफैं फेला पारेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्